गान्धीद्वारा गरिबी उन्मुलन योजना सार्वजनिक



नयादिल्ली,(एजेन्सी)
भारतिय विपक्षी राजनीतिक नेता राहुल गान्धीले सोमवार यदि आफ्नो पार्टीले आगामी आम निर्वाचन जितेको खण्डमा ‘ विश्वकै सबैभन्दा ठूलो न्युनतम आयआर्जन योजना ’ सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले कंग्रेस पार्टीले पाँच करोड भारतका गरिब परिवारका लागि आय आर्जनको ग्यारेन्टि दिने बताएका छन् । गान्धीले यसलाई गरिबी उन्मुलन गर्ने ‘ व्यवहारिक आर्थिक ’ योजनाको संज्ञा दिएका छन् । तर सत्तारुढ भारतिय जनता पार्टी ( विजेपि ) ले हाल बिद्यमान रहेका योजनाहरुले नै भारतका गरिबहरुले ठूलो राहत पाइरहेको दावी गरेको छ ।

विजेपिका महासचिव राम माधवले ट्विटरमा लेखेका छन् , ‘ यदि तपाई पराजित हुने करिव निश्चित भएको स्थितीमा तपाईंले चन्द«मा ल्याइदिने वाचा पनि गर्न सक्नुहुन्छ । ’

गत जनवरीमै कंग्रेसले न्युनतम आयआर्जन् नीति आफ्नो चुनावी घोषणा पत्रको एक अंश हुनसक्ने बताएको थियो । तर यस सम्बन्धी विस्तृत विवरण सोमवार मात्र सार्वजनिक गरिएको हो । गान्धीले भारतका सबैभन्दा गरिब परिवारले सो योजना अन्तर्गत वार्षिक रुपमा ७२ हजार भारु ( १ हजार ५० अमेरिकी डलर ) प्राप्त गर्ने तथा यो नयासंगत हुने दावी गरेका छन् ।

उनले यस योजनाबाट पााच करोड परिवार अथात २५ करोड जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने बताएका छन् । उनले भारतबाट पूर्णत गरिबी उन्मुलनका लागि थुप्रै अर्थविदहरुको सल्लाह अनुसार तयार भएके यस योजनाका लागि ५२ अर्व अमेरिकी डलर खर्च लाग्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्