रुसी हस्तक्षेप प्रकरणमा मुलरको प्रतिवेदन सार्वजनिक



वासिंगटन (एजेन्सी)
अमेरिकामा सन् २०१६ को राष्ट्र्पति चुनावमा रुसको हस्तक्षेपको जाँच गरिरहेका विशेष वकिल रोबर्ट मुलरले आफनो प्रतिवेदनमा राष्ट्र्पति डोनाल्ड ट्र्म्पको चुनाव अभियानले रुससँग साठगाँठ नगरेको जनाएको छ ।
उक्त प्रतिवेदनको सार आइतबार अमेरिकी सांसदलाई हस्तान्तरण गरेको छ । विशेष वकिल मुलरले करिब दुई बर्षको जाँचपछि उक्त प्रतिवेदन तयार गरेको हो ।

सांसदलाई सुम्पेको रिपोर्टको सारंसमा राष्ट्र्पति ट्र्म्पले न्यायिक प्रक्रियामा अवैध तरिकाले बाधा पुर्याउने कोशिस गरेको थियो वा थिएन भन्ने विषयमा कुनै निष्कर्ष दिएको छैन । प्रतिवेदनमा यस प्रश्नलाई लिएर राष्ट्र्पति निर्दोष रहेको विषयमा प्रष्ट गरेको छैन ।

अमेरिकी कांग्रेसमा प्रतिवेदनको सारांस महान्यायधिवक्ता बर्रले दिएका हुन् । उनले भने ( राष्ट्र्पतिले न्यायमा बाधा पुर्याउने अपराध गरेको छ भन्नलाई पर्याप्त प्रमाण छैन ।

ट्र्म्पको चुनावी अभियान टोली दोषमुक्त

मुलरको उक्त प्रतिवेदनलाई राष्ट्र्पति ट्र्म्पको जितका रुपमा हेरिएको छ । प्रतिवेदनका अंश सार्वजनिक भएपछि ट्र्म्पले खुसी ब्यक्त गर्दै एक ट्विट गरे, कुनै सांठगाँठ छैन । कुनै बाधा छैन, सम्पुर्ण तरिका दोषमुक्त छ ।

न्यायधिवक्ता बर्रले दिएको प्रतिवेदन सारमा सन् २०१६ को राष्टपति चुनावलाई प्रभावित गर्ने रुसको प्रयासलाई लिएर जाँचको नतिजाको जानकारी दिएको छ । महान्याधिवक्ताले भने ( विशेष वकिलले कुनै अमेरिकी नागरिक वा ट्र्म्पको अभियानमा आबद्ध कुनै अधिकारीले षडयन्त्र वा जानीजानी रुससँग साझेदारी गरेको सबुत पाएको छैन ।

यसको अर्को हिस्सामा न्यायमा अवरोध गरेको मुद्दाका विषयमा जानकारी दिएको छ । प्रतिवेदनका अन्य जानकारी सार्वजनिक गर्ने तर हाललाई केही हिस्सा प्रतिबन्धित रहेको न्यायधिवक्ताले सांसदलाई बताए ।

राष्ट्र्रपति ट्र्म्पका वकिल रुडी जुलियानीले प्रतिवेदन सोचेको भन्दा राम्रो भएको बताए । त्यसैगरी ह्वाइट हाउसकी प्रवक्ता सारा लेन्डर्सले प्रतिवेदनले राष्ट्र्पतिलाई पुर्ण दोषमुक्त गरेको बताइन् ।

यद्यपी डेमोक्र्याटिक पार्टीका नेता जेरी नाडलरले जाँचपछि तयार गरिएको पुर्ण प्रतिवेदन जनता समक्ष राख्न माग गरेका छन् । केही न केही सांठगांठ अवस्य भएको उनले दावी गरे । महान्याधिवक्ताले न्याय प्रक्रियामा ट्र्म्पले बाधा पुर्याउने प्रयास गरेको सम्भावनालाई अस्विकार नगरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्