प्रमुख दुइ थाइ पार्टीको गठबन्धन सरकार बनाउने दावी



बैंकक,(एजेन्सी)
सन् २०१४ मा सैनिक विद«ोह भएयता थाइल्यान्डमा भएको पहिलो आम निर्वाचनका ेक्रममा सोमवार प्रतिस्पर्धारत दुईवटै प्रमुख राजनीतिक पार्टीले आफुहरुले गठबन्धन सरकार बनाउने प्रयास गरिरहेको बताएका छन् ।
प्रारमिभक परिणाम अनुसार सेना समर्थित नयाँ पार्टी पालाँग प्राचा राथ ( पिपिआरपि ) ले लोकप्रिय मतको ठूलो संख्या हात पारेको छ । यसैबिच अपदस्थ गरिएका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा समर्थित प्रमुख विपक्षी फ्यु थाइ पार्टीको अहिले संसदमा ठूलो संख्यामा सिट रहेको छ ।

तर आइवार सम्पन्न चुनावमा निकै धाँधली तथा अनियमितता भएके आरोप सुनिनमा आएको छ । यस अन्यौलताकोे कारण मतगणना अवरुद्ध भएको छ । चुनाव आयोग ( इसि ) को पनि विना कुनै स्पष्ट कारण सम्पुर्ण चुनावी नतिजा प्रकासित गर्न नसकेकोमा व्यापक आलोचना भइरहेको छ ।

थाइल्यान्डको जटिल चुनावी प्रणालीले मत प्राप्त गरेको आधारमा केहि संसदिय सिट निर्धारण गर्ने गर्दछ । तर राजनीतिक समिक्षकहरुले सन् २०१७ मा सेनाले लागु गरेको परिवर्तित चुनावी कानुनको मूल उद्देश्य सेना समर्थित समुहलाई सत्तामा टिकाइरहनु मात्र रहेको बताउँछन् ।

सोमवार इसिले फ्यु थाइ पार्टीले ससंदको ५ सय सिट रहेको तल्लो सभामा १ सय ३८ वटा सिट जितेको घोषण गरेको छ । यसैगरी थाइल्यानडको वर्तमान नेता जनरल प्रायुथ चान ओचाको पिपिआरपि ९६ वटा सिट सहित दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्