पुलिस सेमिफाइनलमा



हेटौंडा, (नेस)
हेटौंडामा जारी दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकपमा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ ।

सोमबार फ्रेण्ड्स क्लबविरुद्ध ३–० को नतिजा निकाल्दै पुलिस अन्तिम चारमा पुगेको हो । टोलीको जितमा भरत शाहले ह्याट्रिक गरेका थिए । यो जारी प्रतियोगिताको पहिलो ह्याट्रिक समेत थियो । शाहले खेलको म्यान अफ दी म्याच घोषित भएर नगद १० हजार पुरस्कार पाएका छन् ।

शाहले १२औं, ४२औं र ४३औं मिनेटमा गोल गरेका थिए । यो सँगैं उनी प्रतियोगिताको हालसम्म सर्वाधिक गोलकर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्