दिपेश र प्रिन्स प्रिक्वाटरमा



काठमाडौं, (नेस)
एपिएफका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

सोमबार हल्चोक कोर्टमा पुरुष एकलतर्फ दिपेशले म्याग्दीका विजय बानियालाई २१–८, २१ –८ ले पन्छाएका थिए । यस्तै दुवई अन्तराष्ट्रिय जुनियर प्रतियोगितका स्वर्ण पदक विजेता प्रिन्सले एपिएफका ईन्द्र महतोलाई २१–१२, २१–१० को सोझो सेटमा पराजित गरे । अन्य खेलमा पेम्बा शेर्पा, गौतम सिंह कठायत, सुदीप सेढाई, निरञ्जन देवकोटा, बिजित थापा मगर, सुनिल जोशी, निर बिक्रम देवकोटा र साजनकृष्ण ताम्राकारले जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका थिए ।

पुरुष युगल तर्फको खेलमा पनि प्रिन्सले नीरविक्रमसँग मिलेर अन्तिम १६ मा स्थान बनाए । यी जोडीले ललितपुरका मनिष बज्राचार्य र रकेश शाक्यको जोडीलाई २१–११, २१–९ ले हराएको थियो । एपिएफका दीपेश र बिजित थापामगरको जोडी पनि बाई पाउँदै अन्तिम १६ मा सिधै प्रवेश ग¥यो ।

प्रतिक्रिया दिनुहोस्