जर्मनीको सनसनी जित



लन्डन, (एजेन्सी)
अन्तिम मिनेटमा गोल गर्दै जर्मनीले युरो २०२० छनोट अन्तर्गत समूह सी को खेलमा नेदरल्यान्डस्लाई ३–२ गोलअन्तरले हराएको छ ।

आईतबार राति एमस्टर्डाममा भएको खेलमा निको सल्जले गोल गरेपछि जर्मनीले सनसनी जित हात पा¥यो । गत नोभेम्बरमा नेसन्स लिग फाइनलमा जर्मनीविरुद्ध अन्तिम ५ मिनेटमा २ गोल गरेर नेदरल्यान्डस्ले खेल २–२ बराबरीमा सकाएको थियो । जोएचिम लोउको टोलीले त्यसकोे बदला डचकै मैदानमा लिन सफल भयो । जर्मनीको यो पछिल्ला ८ खेलमा दोस्रो जित थियो ।

त्यसो त जर्मनीले लेरोए साने र सर्ज गनाब्रीले गोलको सहयोगमा २–० को अग्रता लिएको थियो । सानेले १५औं मिनेटमा र गनाब्रीले ३४औं मिनेटमा गोल गरेका थिए । घरेलु टोलीले दोस्रो हाफमा दुई गोल फर्काएर खेल २–२ बराबरीमा पु¥याएको थियो । डच टोलीका लागि डी लिग्टले ४८औं मिनेटमा र मेम्फिस डीपेले ६३औं मिनेटमा गोल गरेर हार टार्न कोसिस गरेका थिए । तर सल्जले टोनी क्रुसको पासलाई गोलको दिशा दिएपछि जर्मनीले स्पष्ट ३ अंक जोड्यो भने नेदरल्यान्डस्ले पाएको एक अंक पनि गुमाएको थियो ।

यसैगरी सोही समूहको अन्य खेलमा नर्दन आयरल्यान्डले बेलारुसलाई विन्डसर पार्कमा २–१ ले पराजित ग¥यो । आयरल्यान्ड दुई खेलमै जित निकालेर शीर्ष स्थानमा रहेको छ । यसअघि टोलीले इस्टोनीयालाई २–० गोलअन्तरले पन्छाएको थियो ।

प्रतिक्रिया दिनुहोस्