सरकारी चाला



‘म भ्रष्टाचार गर्दिन, कसैलाई पनि गर्न दिन्न’ यस्तै व्यहोराको नारा मन्त्रालयसहित विभिन्न सरकारी कार्यालयमा छ्यापछ्याप्ती पारिएको छ, राम्रैसँग सजाएको देखिन्छ । नारा व्यवहारमा के कति कार्यान्वयन भएको छ भन्ने कुरो धरहरालाई भन्दा बढी पाठकवृन्दलाई राम्रैसँग थाहा होला ।

सोमबार दिउँसो धरहराले काठमाडौंको लाजिम्पार्टस्थित कर कार्यालयतर्फ दुरविन सोझ्याउँदा भ्रष्टाचार विरुद्धको नारा प्रष्टै देख्यो । काम विशेषले पुगेका सेवाग्राही बाक्लै थिए, कर्मचारी पनि आफ्नो सेवामा व्यस्त देखिन्थे । त्यहाँ कुनै घुस लेनदेनको कुरा थिएन । तर एक अधवैशे (जो आफूलाई अधवैशे भनिमाग्न नरुचाउने) झै देखिने महिला कर्मचारीको कार्यशैली देख्दा घुस विरुद्धको नारा काम न काजको देखियो भन्या ।

सेवाग्राहीले सोध्या कुरा पनि मुस्किलले आधाउधी मात्रै जवाफ फर्काउने र बोल्दा पनि पैसै पर्छ जस्तो गर्ने उनको व्यवहार देख्दा हाकाहाकी पैसा लिनु मात्रै घुस हैन भन्ने धरहराले प्रष्ट बुझ्यो । सेवाग्राहीसँग सोझो वा घुमाउरो ढंगमा कमिसन बार्गेनिङ नगरेर के भो त, सेवा दिने निकै कप्टी ढंगमा प्रस्तुत हुन्छन् भने ।

त्यति मात्रै हो र, दैनिक रुपमा लाखौ बिटो राजश्व उठाउने सो कार्यालयको पार्किङ त सडकमा पो रै’छ । मूल सडकको भित्री गल्लीमा सवारी पार्किङ गर्न पनि सःशुल्क सेवा रै’छ भन्या । धरहराले झुटो तर्क ग¥यो नभन्नुस, पाठकवृन्दले मौका मिल्दा त्यहाँको पार्किङ नियाल्दा दुधको दुध पानीको पानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्