साल्ट ट्रेडिङले लाभांश दिने



काठमाडौं, (नेस)
साल्ट टे«डिङ कर्पोरेशनको ५२औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

उक्त सभाले आव २०७४÷७५ मा भएको नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा १ अर्ब १० करोड ८१ लाख आर्जन गरेको थियो ।
कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहु“ंदै आव २०७४÷७५ मा ९ अर्ब ६९ करोडको कारोबार गर्न सफल भएको बताउनुभयो । अघिल्लो वर्ष ८ अर्ब ५८ करोडको कारोबार भएको थियो ।

अध्यक्ष मानन्धरले कर्पोरेशनले सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकाले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको जानकारी गराउनुभयो ।

चिनी आयातमा भएको व्यवधानबारे जानकारी गराउ“दै उहा“ंले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउ“दै आफ्नो कारोेबारमा सकारात्मक सुधारसहित अगाडि बढेको बताउनु भयो ।

व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवम् उपभोक्तालाई उच्च गुणस्तरको वस्तु उचित मूल्यमा वर्षभरी उपलब्ध गराउनेतर्फ प्रतिबद्ध रही कार्य गरिरहेको बताउनुभयो । कर्पोरेशनले यस वर्षको शुरुको ७ महिनाको कारोबारतर्फ माघ मसान्तसम्म ४ अर्ब ७९ करोड व्यावसायिक कारोबार गरेको जानकारी गराउनुभयो।

सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालू आवको कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २० हजार मेट्रिक टन, डीएपी २० हजार मेट्रिक टन र पोटास २५ सय मेट्रिक टन आयात भइसकेको र बा“की परिमाण यसै आवको अन्त्यसम्ममा आयात भइसक्ने अध्यक्षले जानकारी गराउनुभयो ।

कर्पोरेशनले भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्य अनुसार कर्पोरेशनको समेत लगानीमा फ्यूचर वर्कस् विल्डिङ सोलुसन प्रालि कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन शुरु गरेको छ भने कर्पोरेशनको सहायक कम्पनी उपहार हाउजिङ कम्पनी लिमिटेडले उक्त प्रविधिको घर निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिकास्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्