महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं, (नेस)
महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बंैकासुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौताबाट महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित उक्त इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जिवन बीमालेखहरु प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सहजै रुपमा प्राप्त गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्