६५ लाखको कारोबार गर्दै पुष्प मेला सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं
२२औं पुष्प मेलामा ६५ लाखको पुष्पजन्य वस्तुको कारोबार गर्दै सम्पन्न भएको छ । तीन दिनसम्म चलेको मेलाका कुल ५७ हजारले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जानकारी गराएको छ ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साथ आइतबार सकिएको मेलामा ४५० प्रजातिका पुष्प प्रदर्शन गरिएका थिए । मेलाको अन्तिम दिन २१ हजार अवलोकनकर्ता र २१ लाखको कारोबार भएको फ्यानका महासचिव विश्वमणि पोख्रेलले बताउनुभयो । मेलाको दोस्रो दिन शनिबार भएकाले सबैभन्दा बढी अवलोकनकर्ता र कारोबार भएको उहा“को भनाइ छ ।

मेलामा ४० रुपिया“देखि ३० हजार रुपिया“म्म पर्ने फुल बिक्रीका लागि राखिएको थियो । पहिलो दिन शुक्रबार १६ लाखको कारोबार भएकोमा दोस्रो दिन २५ लाख बराबरको कारोबार भएको थियो । आयोजकले ६० लाखबराबरको कारोबार हुने अनुमान गरेका थिए ।

एक्स्पोमा मौसमी फूल, आलंकारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामग्री, सुक्ष्म तथा थोपा सि“चाइ प्रविधि, आधुनिक खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष पनि थिए ।

मेलामा राखिएका सिं“चाइका नया“ प्रविधि, सजावटका सामग्री, फुलका बीउका स्टल र सजावटका स्टलहरुमा अवलोककर्ताको बढी घुइचो लाग्ने गरेको थियो । एक्स्पोमा जम्मा ८४ वटा स्टल थिए । जसमध्ये अफिसिल स्टलका लागि १०, प्रतियोगितात्मक प्रदर्शनीका लागि ४, ल्याण्डस्केपिङका लागि ४ वटा र व्यावसायिक स्टलका लागि ६५ स्टल रहेका थिए

आर्थिक वर्ष २०७३÷७४ सम्म ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसाय बिस्तार भईसकेको छ । करिब १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४३,५०० भन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको थियो । आव २०७४÷७५ मा २ अर्ब २५ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको छ ।

आव २०७४÷७५ मा ११ करोडबराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे छ भने निर्याततर्फ २ दशमलव ३७ करोड बराबरको रहेको छ । समग्रमा पुष्प व्यवसाय बार्षिक १० देखि १५ प्रतिशतको हाराहारीमा वृद्धिदर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्