सचिव थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस



काठमाडौं, (नेस)
संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।

परिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन ।
निवर्तमान प्रमुख आयुक्त अयोधिप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार अवकास पाउनुभएको थियो ।

यसैगरी समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई सिफारिस गरिएको छ । बैठकमा विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्थ्यो । परिषद्का अनुसार उहाँले आफू बैठकमा उपस्थित हुन नसक्ने लिखित जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्