विप्लव निकट बुद्धिजीवी परिषद् कर्णालीका अध्यक्ष पक्राउ



कालीवहादुर मल्ल, कालिकोट ।
तिलागुफा नपा–६ निवासी विप्लव नेकपा निकट बुद्धीजीवि परिषदका भेरी कर्णाली अध्यक्ष ३२ वर्षीय धनराज शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले समोबार गते पक्राउ गरेको छ । गस्तीमा गएको प्रहरी टेलिले खाँडाचक्र नगरपालि –६ दाहाँबाट शाहीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाहीबाट जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी विनोद शर्माले जनाएको छ ।

यसका वारेमा विप्लव नेकपाका कालिकोट जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपले शाहीसँग देखाइएको विष्फोटक पदार्थ प्रहरीले फसाउनको लागि भएको वताएका छन् । साथै पक्राउ परेका शाही जनसरकार प्रमुख नभएको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्