स्यार्पुबाट दोस्रो जलबिद्युत उत्पादन हुँदै



धनवीर दाहाल, रुकुम ।

रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ३ र ५ मा रहेको स्र्यापुतालबाट दोस्रो जलबिद्युत उत्पादन हुने भएको छ । स्यार्पुतालबाट हाल एउटा विद्युत् आयोजना सञ्चालनमा छ । २०४५ सालमा जापानी सहयोग नियोग (जाइका)निर्माण गरेको विद्युत् आयोजनाबाट २ सय ५० किलोवाट क्षमताको विद्युत उत्पादन भैरहेको छ ।
स्यार्पुतालबाट ३ मेगावाट क्षमताको दोस्रो जलविद्युत आयोजना निर्माणको तयारी थालिएको हो । स्यार्पु पावर कम्पनी लिमिटेडले विद्युत निर्माणको काम थालेको हो । जस अनुसार विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययनको काम सकिएको छ ।

स्यार्पुतालबाट खेर गएको पानीको प्रयोग गरेर विद्युत निर्माणको तयारी थालिएको निर्माण कम्पनीका अध्यक्ष धनबीर ओलीले जानकारी दिएका छन् । उनले भने,‘विज्ञ तथा प्राविधिक सम्मिलित टोलीले झन्डै एक महिना लगाएर विद्युत आयोजना निर्माणको सम्भाव्यता अध्ययन गरेको छ ।’ संभाव्यता अध्ययनबाट ३ देखी ५ ममेगावाट सम्म विद्युत् उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको अध्यक्ष ओलीले बताए । यसअघि निर्माण भएको विद्युत आयोजनाको ड्याम साइड भन्दा मुनिबाट अर्को विद्युत् आयोजनाका लागि ड्याम तयार पारिने जनाएको छ ।

ड्याम साइडबाट बाँफिकोट सालघारीतर्फ पानी लिएर बाल्लाचौरमा विद्युत् उत्पादन गृह बनाउने तयारी गरिएको छ । जसको उचाई २ सय ५६ मिटर रहेको छ । आगामी दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी आयोजना निर्माणको कामलाई तिव्रता दिएको कम्पनीका अध्यक्ष ओलीले बताएका छन् ।उक्त आयोजना जिल्ला भित्रकै बजेट परिचालन गरिने कम्पनीको तयारी रहेको छ । स्थानीय सरकारको ६० प्रतिसत लगनाी र सर्वसाधारण बाट ४० प्रतिसत शेयर संकलन गरेर आयोजना निर्माणको काम थालिएको छ ।

स्यार्पुमा अर्को विद्युत् आयोजना निर्माण गर्ने तयारी गरिएपछि जिल्लाका स्थानीय सरकारले झन्डै रु.३ करोड रुपैयाँको शेयर खरिद गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय सरकारको प्रतिवद्धता स्यार्पू दोस्रो जलविद्युत आयोजना निर्माणको लागि शेयर किन्ने स्थानीय सरकारले प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समिति, आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिकाले विद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका छन ।

यस्तै बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाले पनि स्यार्पुमा निर्माण हुने विद्युत आयोजनामा लगानी गर्ने लिखित प्रतिबद्धता समेत जनाएका छन । जस अनुसार जिल्ला समन्वय समिति रुकुम पश्चिमले रु.६५ हजार र आठबीसकोट नगरपालिकाले ६० हजार कित्ता शेयर किन्ने जनाएको छ । जसका लागि जिल्ला समन्वय समितिले उक्त आयोजनामा रु.६५ लाख र आठबीसकोट नगरपालिकाले रु. ६० लाख लगानी गर्ने निर्णय गरिसकेका छन् ।

यसैगरी चौरजहारी र मुसीकोट नगरपालिकाले ३०÷३० लाख, बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाले पनि ३०÷३० लाख लगानी गर्ने निर्णय गरिसकेका छन् । प्रतिबद्धता अनुसार हालसम्म २ करोड ७५ लाख रुपैयाँ जुटेको निर्माण कम्पनीका सचिव चन्द्रबहादुर केसीले बताए । जिल्ला समन्वय समितिले ६१ लाख ७२ हजार र चार स्थानीय तहले १०÷१० लाखको शेयर खरिद गरेका छन् ।

मुसीकोट नगरपालिका, बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाले १०÷१० लाखको शेयर खरिद गरेका हुन् । आठबीसकोट र चौरजहारी नगरपालिकाले पनि १०÷१० लाखको शेयर खरिदको तयारी छ । यो नै रुकुम पश्चिमको ठुलो क्षमताको विद्युत आयोजना हो । यसले रुकुम पश्चिमको विद्युत समस्या हल गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्