अवैध रुपमा संकलन गरी लैजान लागेको सुन सहित पक्राउ



काठमाडौं,
त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियामा अबैध रुपमा संकलन गरी लैजान लागेको अन्दाजी ४९ ग्राम सुन र कतारी रियाल ७ सय ४० सहित धनुषा जनकपुर उपमहानगरपालिका-७ घर भएका १९ वर्षीय धिरज महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महतले अबैध रुपमा संकलन गरी लैजान लागेको उक्त सुन तथा कतारी रियाल सहित विमानस्थलमा खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो ।

महतोलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्