प्रमुख जिल्ला अधिकारी पण्डितको एकपछि अर्को चमत्कार



सुभेन्द्र दास, सिरहा।
सिरहाको साविक सोनमतीमझौरा गाविस– ८ को २० बिघा साढे १९ कठ्ठा जग्गा नक्कली नाता सम्बन्ध कायम गरी दूषित प्रमाण र नाता सम्बन्ध कायम गरेर हडप्न खोजिएको जग्गा १८ वर्षपछि सरकारको नाममा कायम गराउन सफलभएका सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले पुनः पाँचवटा विषयमा प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेर चमात्कारको ओइरो नै लगाएको छ ।

कल्याणपुर नगरपालिका अन्तर्गत साविक गाविस बेल्हा वडा नं। ९ को एक बिघा १७कठ्ठा १२।५ धुर र सिरहा नगरपालिका वडा नं। २२ अन्र्तगत साबिक गाविस हक्कपरा वडा नं। ९ को १४ कठ्ठा ९तर कम्प्यूटर अभिलेखमा ८ कठ्ठा रहेको० समेत २ बिघा ११ कठ्ठा १२/५ धुर सरकारी जग्गा व्यक्ति विशेषको नाममा कायमभएको जग्गा र त्यस्तै नापी कार्यालय लहानको कार्यालयमा रहेको नक्सा ४ महिना देखि गायबपारी, केयर मेटगरी, कित्ता नं हेरफेर तथा काल्पनिक बाटो सृजना गरेको तथा मिर्चैया नगरपालिका वडा नं.७ र ९ को जग्गाहरुको बिक्री वितरणको समयमा घरबाटो नदेखाइ दलित बस्ती बिक्रि वितरण भएको समेत गरि जम्मा पाँचवटा विषयमा प्रारम्भिक अनुसंधान कार्य सम्पन्न गरी त्यसमध्ये तिनवटा मिसिल बिस्तृत अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी र बर्दीवासको कार्यालयमा पठाइएको छ ।

साथै लहान बजार वडा नं। ६ ९० को नक्सा गायब गरी नक्सामामा केयर मेटगरी, कित्ता नं। हेर फेर गरी, कित्ताको स्थान परिवर्तनगरी, बाटो नभएको ठाउँमा बाटो खोल्ने जस्ता कृर्ते गर्नेहरुको बिरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सिरहामा दुई थान मिसिल पठाइएको ब्यहोरा जनाई यस्ता कामप्रति सचेत रहन आम सिरहा बासी नागरिकहरुलाई विशेष अनुरोध गर्दै २०७५ चैत्र १० गते जिल्ला प्रशासन कार्यालय सिरहाले प्रत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्