विद्यार्थीलाई लभ स्टेसनको सहयोग



रिलिजका लागि तयार भएको फिल्म लभ स्टेसनले बालबालिकाको अध्ययनमा सहयोग गरेको छ।

नया“ वर्षको अवसर पारेर आगामी चैत २२ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मका तर्फबाट नायक प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालबालिकालाई निजी विद्यालयमा पढाउ“दा लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका हुन्। राजधानीको गोकर्णस्थित संयुक्त एकता अपांग आवाज केन्द्रमा आश्रित ४५ बालबालिकालाई आगामी वैशाखबाट विद्यालय भर्नासहित तीन महिनाका लागि शुल्कबापतको एकमुस्ट रकम शनिबार बिहान प्रदान गरिएको हो।

प्रदीप र गोविन्दले शनिबार बिहान केन्द्रमा पुगेर विद्यार्थीहरूका लागि अध्ययन खर्च प्रदान गरेका हुन्। ‘कलाकारको दायित्व भनेको अभिनय मात्र नभएर समाजसेवा पनि हो। प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेसाका व्यक्तिले विद्यार्थीहरूको अध्ययन खर्च जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेका बेला हाम्रो पनि दायित्व हुन आउ“छ भनेरै आज हामीले यहा“ रहेका ४५ बालबालिकालाई स्कुल भर्नासहित तीन महिनाको शुल्क एकमुष्ट बुझाएका हौं’, नायक प्रदीपले भने– ‘अहिले लभ स्टेसनका तर्फबाट हामीले यो सहयोग गरेको हौं।

यसपछिका लागि अन्य प्रोजेक्टबाट फेरि सहयोग गर्नेछौं र अरुबाट पनि सहयोग मिल्ने आशा हाम्रो छ।’ प्रस्तुतकर्ता शाहीले विगतमा पनि यहा“ रहेका बालबालिकालाई सहयोग गरेको जनाउ“दै लभ स्टेसनका तर्फबाट सामाजिक उत्तरदायित्वस्वरूप पढाइ खर्च बेहोरेको बताए। करेन्टबाट दुवै हात गुमाएकी मेघा घिमिरेलाई यसअघि पनि १ लाख रुपिया“ लभ स्टेसनका तर्फबाट प्रदान गरेको प्रस्तुतकर्ता शाहीले जानकारी गराए। केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले करिब १ लाख रुपिया“ हुन आउने सो खर्चमा सहयोग गरेकामा धन्यवाद प्रदान गर्दै यस्तो सहयोगको आशा अरुस“ग पनि गरिएको बताए।

लभ स्टेसनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका छन्। जसमा प्रदीपस“गै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्