ट्रम्पको स्वागत



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समुहको पाँच वर्ष लामो खलिफा पतन भएकोमा स्वागत गरेका छन् । तर उनले यो समुहको आतंकको खतरा अझै कायम रहेको पनि बताएका छन् ।

इस्लामिक स्टेट ( आइएस) को अन्तिम गढ मानिने सिरियाली शहर बाघुजमा कुर्दिस नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सेज ( एसडिएफ ) ले आफ्नो झण्डा गाडेपछि ट्रम्पको यो प्रतिक्रिया सार्वजनिक भएको हो । ट्रम्पले आइएस पूर्णत पराजित नभए सम्म अमेरिका सतर्क रहने बताएका छन् । आइएस नाइजेरिया र फिलिपिन्समा अझै सक्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्