चार कैदीबन्दी र दुई दृष्टिविहीनले एसइइ परिक्षा दिए



झापा ।
झापाबाट चारजना कैदीबन्दी र दुई दृष्टिविहीनले एसईइ परिक्षा दिएका छन् ।
कैदीबन्दीले झापा जिल्ला कारागारबाट नै परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख योगेन्द्र बरालले बताए । झापाकै दुई बाल कैदीबन्दीले भने बाल सुधार गृह सानोठिमीबाट परीक्षा दिइरहेको उनले जनाए ।

कारागारभित्र रहेको बन्दी विकास पुस्तकालयमा बसेर कैदीबन्दीले परीक्षा दिएको उनले बताए । परीक्षामा सामेल सबै कैदीबन्दी पुरुष रहेका छन् । उनका अनुसार डिल्लीराज माध्यमिक विद्यालय कचनकवल र अनारमनी माविबाट एक–एक दृष्टिविहीन, बुद्धआदर्श मावि, पथरिया मावि कचनकवल, हिमाली मावि पृथ्वीनगरबाट एक–एक जना अपाङ्गता भएका विद्यार्थी परीक्षामा सामेल भएका छन् । दृष्टिविहीन परीक्षार्थीले कक्षा ९ मा अध्ययनरत सहयोगी राखेर परीक्षामा सामेल भएको उनले जानकारी दिए ।

त्यसैगरी, सरस्वती मावि जामुनखाडी परीक्षा केन्द्रबाट ६ जना सुस्तश्रवण भएका विद्यार्थीले परीक्षा दिएका छन् । उनीहरु सबै कनकाई मावि सुरुङ्गाका विद्यार्थी हुन् । झापाबाट ५३ वटा केन्द्रमा १५ हजार ५सय ८७ विद्यार्थी परीक्षामा सामेल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्