सिरहाका किसानहरु मसुरो बालीतिर आकर्षित !



महेश सिंह महतो, लहान ।
गरीबको मासु भनेर चिनिने मसुरो दाललाई उत्पादन प्रवद्र्धन गर्न सिरहाको महिला किसानहरु मसुरो बालि तिर आकर्षित भएका किसान संगिता देवि साह, सुनिता देवि साह, विन्देश्वरी देवि यादव र डम्बर नारायण यादवले बताएका छन । कृषकहरुको धान बालि पछिको खालि जग्गामा मसुरो उत्पादन गरी कृषकहरुको आय आर्जनमा बृद्धि र खाद्य तथा पोषणमा सुरक्षा र जिविको पार्जनमा सुधार ल्याउन (आई. एफ. ए. डी.) ,आई सी ए आर डि ए र फरवार्ड नेपालको समन्वयमा संचालित रहेको छ ।

यो कार्यक्रम सिरहाको लक्ष्मीपुर पतारी गाउँ पालिका गरी जिल्लामा ११ वटा समुह र ३ सय १५ जना किसानहरु मसुरो खेति गर्न आकर्षित भएका फरवार्ड नेपालका जिल्ला संयोजक सुदर्शन विष्टले जानकारी दिनु भएको छ ।

सिरहाको लहान नगरपालिका २३ गढियामा वडा स्तरीय दाल परीक्षण मुल्यांकन तथा अनुगमन कार्यक्रम लहान २३ का वडा अध्यक्ष कन्हैया प्रसाद गुप्ताको अध्यक्षतामा सो अनुगमन सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्षले मन्तव्य दिदा मसुरो दालको उब्जमा अमm जोड दिनु पर्छ ताकि किसानहरु यो खेति तर्फ लभान्वित भई बरकरार राख्न वहाँले आग्रह गर्नु भयो । नेपालको मसुरो दालको उत्पादन बंगलादेश,भारत,भुटान निर्यात हुने भएको अगुवा किसान लोटस सिड कम्पनिको प्रोप्रराईटर सागर चौधरीले बताएका छन ।

यो खेति गर्दा पानी, मलखाद र खर्च, मेहनत कम लागने भएकोले किसानहरु यस खेति तर्फ आकर्षित भएका छन । यो दाल बजार भाउ भन्दा २५ प्रतिशत थप गरी कृषकहरुलाई दिने गरेको छ । यसमा लभान्वित भई राम्रो बिउ र गुणस्तरीय बिउ पाउने भएकोले उत्पादनमा राम्रो हुनेमा वहाँको जोड रहेको छ ।

कृषकहरु मसुरो बिउ उत्पादन तथा प्रवद्र्धनमा सक्रिय देखिएको हो । अर्का किसान दिव्य कृषि सहकारी संस्थाका लहान २३ का अध्यक्ष दिनेश यादवले बताउनु हुन्छ, गर्भवति महिलाहरुले पनि यो दाल खादाँ पौष्टिक तत्वको मात्रा बढाउने गरेको बैज्ञानिक तर्क रहेको वहाँले प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्