आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ



संखुवासभा ।
आफनै बाबुको हत्या गरि फरार रहेका संन्जय राईलाई आज प्रहरीले पक्राउ गरेको छ । हिजो शनिबार ६३ वर्षिय बाबु भुवनसिह राईको हत्या गरि उनि फरार रहेका थिए ।

फरार २८ वर्षिय संन्जय ले आफनै बाबुलाई धारिलो हतियार प्रयोग गरि घरमै हत्या गरेका प्रहरी नायव उपरिक्षक श्यामसारु मगरले बताउनु भयो । हत्या गरि फरार संन्जय लाई संखुवासभाको खादवारी ११ स्थिति सुनखानी जगलमा लुकि छिपी बसेको अवस्थामा प्रहरी टोलीले आज आईटवार पक्राउ गरिएको बताईएको छ ।

हत्यामा संलग्न सञ्जयलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।
यसबारे थप अनसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्