८३ बर्षको उमेरमा बल्ल नेपाली नागरिता



हजुरआमाको नागरिकता सनाखतमा नाती

अमृत अर्याल, स्याङ्जा ।
स्याङ्जाको ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले ८३ बर्षिय टिकाकुमारी थापालाई नागरिकता दिलाईदिनुभएको छ । गल्याङ् नगरपालिका ८ निवासी थापालाई नेपाली नागरिकता दिलाएपछि उहाँ बल्ल नेपाली नागरिक बन्नुभएको छ । थापा आफ्ना श्रीमान नैनासिंह गाहा मगर भारतीय सेनामा कार्यरत रहदा भारतमै बसोवास गर्दै आउनुभएको थियो । नेपाल आइरहेपनि उहाँले नेपाली नागरिकता लिनुभएको थिएन् । २०४० सालमा श्रीमानको मृत्यु भएपछि पनि उहाँ भारतमै बसोवास गर्दै आउनुभएको थियो । ४ छोराकी आमा थापालाई जेष्ठ छोराको नातीले सनाखत गरेर नागरिकता पाएको ईलाका प्रशासन प्रमुख शर्माले बताउनुभयो ।

८३ बर्षिय आमालाई नागरिकता दिलाउन पाउदा मलाई आनन्द लागेको छ प्रमुख शर्माले भन्नुभयो,“आमाले नागरिकताको काम र महत्व नबुझेका कारण नागरिकताबाट बन्चित भएको हुनुपर्छ ।” आमाको सबै कुरा बुझे तिन पुस्ता खुल्ने कागतजात सबै मिलेपछि हामीले नागरिकता प्रदान ग¥यौ प्रशासन प्रमुख शर्माले बताउनुभयो । यती धेरै उमेरका नागरिकले नागरिकता पाउने सम्भवत स्याङ्जामै पहिलो भएको अनुमान शर्माको छ । नागरिकता पाएपछि थापाले मतदाता नामावलीमा समेत फोटो खिचाउनुभएको छ । ८३ बर्षिय थापाले अहिले सम्म नेपालमा मतदान समेत नगरेको उहाँका नाती धनबहादुर गाहाले बताउनुभयो ।

५ छोरी ४ छोरा मध्ये थापाले १ बर्षको अन्तरालमा ठुलो छोरा गुमाउनुभएको थियो । अन्य ३ छोरा भने अहिले पनि थापाकै काखमा रहेका छन् । लज्जालु स्वाभाव भएपनि हसिलो मुहार देखाईरहने थापा नागरिकता पाउदा भने निकै खुशी हुनुभएको थियो । १९९२ साल जेष्ठ २४ गते जन्मेकी थापालाई उहाँका जेष्ठ छोराका जेष्ठ छोरा धनबहादुर गाहाले सनाखत गर्नुभएको थियो । हजुरआमाको नागरिकता किन नबनाई दिएको भन्ने संचारकर्मीको प्रश्नमा थापाका नाती गाहाले भन्नुभयो,“नेपाल आउने जाने भएपनि भारतमै बसोवास गर्दै आउनु भयो नागरिकताको खाँचो पनि परेन अनि बनाएनौ ।”

अहिले अब नेपालमै बसोवास गर्ने गरी आएपछि नागरिकताको आवश्यकता पर्ने देखेर नागरिकता बनाउन ल्यायौ नातीले भन्नुभयो । अहिले सम्म कुनै रोग नलागेकी थापा मज्जा सगँ हिडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्छ । छोरा र छोरी तिर गरेर उहाँका २७ नातीनातिना रहेको परिवारले जनाएका छन् । उहाँले प्राप्त गरेको नागरिकताको नम्वर ०५०६० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्