शेयर लगानीकर्ताको दबाब समुहमाथि प्रहरीको लाठी चार्ज, बल्ल बल्ल ताला खुलाइयो



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएर बसेका सेयर लगानीकर्तामाथि प्रहरीले बल प्रयोग गरेर ताला खुलाएको छ । सेयर बजार विकास, अर्थमन्त्रीको राजिनामा लगायतका माग राख्दै बोर्डको मुख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्ज गरेर ताला खोलेको छ ।
लगानीकर्ताले बिहान कार्यालय खुल्नुअघि कार्यालयमा ताला लगाएर धर्नामा बसेका थिए ।

लगानीकर्ताले ताला लगाएपछि बोर्डका एक जना कर्मचारी भित्र थुनिएका थिए भने बाँकी ३० भन्दा बढी कर्मचारी बाहिर रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्