राजपाद्धारा आज पनि संसद बैठक अवरुद्ध



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो । सरकारले सभामुखको रुलिङसमेत नमानेको राजपा नेता लक्ष्मणलाल कर्णले तेस्रो पटक सम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने झाले बताए ।उनले भने, ‘संसदीय व्यवस्थामा सभामुखको निर्देशन महत्वपूर्ण हुन्छ । पटक पटक सभामुखले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न माग गरेपनि सरकारले व्यवास्था गरेको भन्दै राजपाले संसद आज पनि अवरुद्ध गरेको छ ।’

राजपा नेपालका सांसदहरु सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्