सञ्जीवले ल्याए आँखामा



अस्ट्रेलियाबासी गायक सञ्जीव पराजुलीको नया“ गीत आ“खामाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा सचिन सिंहको संगीत र होमनाथ न्यौपानेको शब्द रहेको छ भने संगीत संयोजन गोपाल रसाइलीको रहेको छ। भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा सन्तोष राजवाहकको कोरियोग्राफी रहेको छ। रेम्बो अधिकारी र माला लिम्बुको अभिनय रहेको भिडियोको छायांकन रामकुमार केसी र सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

सञ्जीवको कर्के नजर, नाइ“ मलाई थाहा छैन, पहिलो भेटैमा, हिट हिट गीत जस्ता डान्सिङ नम्बर गीतपछि आ“खामा बोलको गीत सार्वजनिक भएको हो। सञ्जीवको झिलमिल झिलमिल, त्यो सपना, तिमी मलाई मन पर्छ, चाहनामा जस्ता गीत पनि मन पराईएका गीत हुन्।

प्रतिक्रिया दिनुहोस्