अलिनालाई मिसेस टप अफ दवल्र्ड नेपालको ताज



बौद्धिक क्षमता र व्यक्तित्वको सौन्दर्यलाई मात्र नभई गौरवशाली राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने भन्दै मिसेस नेपालको एउटा अंशका रूपमा मिसेस टप अफ द वल्र्ड नेपाल २०१९ को क्राउनिङ गरिएको छ।

विवाहित महिलामा लक्षित मिसेस टप अफ द वल्र्ड नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई–प्लानेट प्रालिले अलिना तुलाधरलाई शुक्रबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रमका बीच मिसेस टप अफ द वल्र्ड नेपाल–२०१९ घोषणा गर्दै उनलाई ताज पहिराइदिएको हो। उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली प्रतिनिधिको चयन, संयोजन प्रक्रिया र सम्पूर्ण व्यवस्थापन अनिला श्रेष्ठको अगुवाइमा ग्रिन आट्र्स मिडिया प्रालिले गरेको इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन्।

मिसेस् टप अफ वल्र्ड–२०१९ मा सहभागी हुनुपूर्व अलिनाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगितासम्बन्धी अभिमुखीकरण र प्रशिक्षण प्राप्त गर्नेछिन्। मिसेस् टप अफ द वल्र्ड–२०१९ लातभियाको रिगा शहरमा मे २९ देखि जुन २ तारिखसम्म हुनेछ।


स्नात्तकोत्तर गरेकी अलिना सिभिल ग्रुपमा आबद्ध छिन् भने उनी ब्युटिसियन पनि हुन्। मिसेस टप अफ द वल्र्डमा यसअघि रजनी थापाले वर्ष–२०१५ को संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन्।

जसमा उनले फोर्थ रनर्सअप तथा मिसेस डायमन्ड अफ द वल्र्डको अवार्ड जितेकी थिइन्। ई–प्लानेटका अध्यक्ष सापकोटाका अनुसार सौन्दर्य प्रतियोगिताको क्षेत्रमा चलिआएको धारलाई परिमार्जन गर्दै व्यक्तिगत सौन्दर्यलाई भन्दा पनि राष्ट्रिय सौन्दर्यलाई समाहित गर्दै सा“स्कृतिक विविधता तथा संस्कृतिलाई अ“गालेर सर्वप्रथम हामी नेपाली हाम्रो सान, विश्वमै नौलो हाम्रो पहिचान नाराका साथ नेपाललाई संसारभर चिनाउने अभियान कार्यान्वयन गर्नका लागि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितालाई प्रभावकारी प्लेटफर्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्