हाईहिल्स विरद्ध अभियान



टोक्यो (एजेन्सी)
पश्चिम देशमा सुरु भएको ह्यासमीटू अभियान जस्तै जापानमा ह्यासकुटू अभियान चलिरहेको छ । जापानका कार्यालयहरुमा महिलालाई हाईहिल्स लगाउन अनिवार्य गरिएको छ ।

हाईहिलका कारण कयौं पटक महिलाहरुले विभिन्न प्रकारका शारीरिक समस्या झेल्नु परिरहेका हुन्छन् । यसकै विरोधमा महिलाले सामाजिक सन्जालमा उक्त अभियान शुरु गरेको जापान टाइम्सले जनाएको छ । कार्यालयमा अनिवार्य ड्रेसकोड र महिलाका लागि हाईहिल्स अनिवार्य गर्नुको विरोधमा उक्त अभियान चलाइएको हो ।

ड्रेसकोड र हाईहिल्स विरुद्ध चलाइएको उक्त अभियानलाई सामाजिक सन्जालमा ब्यापक समर्थन पाइरहेको छ । हाईहिल्स र फर्मल ड्रेसकोड अनिवार्य गर्नुलाई पुरानो सामन्ती मानसिकतालाई अगाडी लिएर जाने परम्परा भएको सामाजिक सन्जालका युजर्सहरुले बताइरहेका छन् ।

हाईहिल्सको विरोधमा महिलाले यसबाट कुर्कच्चा, कमरमा पिडा हुने जस्ता कयौं प्रकारका शारीरिक समस्या झेल्नु परिरहेको तर्क दिएका छन् । महिलाले यसको विरोधमा लेखेका छन्– जुत्ता लगाउने कुरामा बाध्यता हुनु हुँदैन । यो एक प्रकारको नारीविरोधी मानसिकता हो , जसमा महिलाले स्वास्थ्यलाई ख्याल नगरी हाईहिस लगाउनु परिरहेको छ ।

जापानका कार्यालयमा महिला र पुरुष दुबैका लागि ड्रेसकोड अनिवार्य छ । पुरुषका लागि पनि फर्मल ड्रेसकोडसँगै सफा दाह्री काटेको हुन पर्ने अनिवार्य गरिएको छ । महिलाको डे«सकोडमा हाईहिल्सलाई पनि अनिवार्य गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्