उत्तराधिकारी दलाइलामा भारतबाट हुन सक्ने बयान चीनद्वारा अस्विकार



बेइजिङ (एजेन्सी)
आफना उत्तराधिकारी भारतबाट आउन सक्ने दलाइ लामाको बयानलाई चीनले अस्विकार गरेको छ । तिब्बती बौद्ध धर्मका भावी आध्यात्मिक नेताले चीन सरकारको मान्यता प्राप्त गर्नु गर्नु पर्ने चीनले जनाएको छ ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित ८३ बर्षिय दलाइ लामाले सोमबार एक समाचार एजेन्सीलाई दिएको अन्तरवार्तामा उनको निधनपछि उनको अवतार भारतमा भेटिनसक्ने सम्भव भएको बताएका थिए ।

उनले चीनद्वारा नामांकन गरिएका कुनै अन्य उत्तराधिकारीलाई सम्मान नगरिने चेतावनी पनि दिएका थिए । उनको उक्त बयान आएपछि चीनको प्रतिक्रिया आएको हो ।


दलाइ लामाको टिप्पणीका सन्दर्भमा चीनको विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआंगसँग पत्रकारले प्रश्न राख्दा उनले भने– पुन अवतार तिब्बती बौद्ध धर्मको अनौठो विधि हो । यसका निश्चित अनुष्ठान र परम्परा छन् ।

चीन सरकारको धार्मिक आस्थाको स्वतन्त्रता निति रहेको र चीनमा धार्मिक मामिलामा आफनो नियम कानुन रहेको उल्लेख गर्दै तिब्बती बौद्ध धर्ममा पुन अवतारको परम्परालाइ लिएरपनि नियम कानुन रहेको उनले बताए ।
उनले भने– हामी तिब्बती बौद्ध धर्मका यी तरिकाको सम्मान गर्दै संरक्षण गर्छौं ।

तिब्बतीहरु सर्वोच्च आध्यात्मि नेतालाई दलाइ लामाको उपाधी दिने गर्छ । गेंगले भने– सयौं बर्षदेखि पुन अवतारको परम्परा रहेको छ । १४ औं दलाइको मान्यता पनि धार्मिक रीति रिवाजबाट भएको थियो र केन्द्र सरकारले त्यसलाई मान्यता दिएको थियो । दलाई लामाको पुन अवतारले राष्ट्रिय नियम कानुन र धार्मिक रीति रिवाजको अनुसरण गर्नु पर्छ ।

तिब्बतमा सन् १९५९ मा असफल विद्रोहपछि दलाइ लामा लामो पैदल यात्रा गर्दै भारत आएका थिए ।

प्रतिक्रिया दिनुहोस्