पाकिस्तान राष्ट्र्यि दिवशमा भारतिय प्रधानमन्त्री मोदीको सुभकामना



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान दिवसको अवसरमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्राप्त सन्देशको स्वागत गरेका छन् । प्रधानमन्त्री मोेदीले आफुलाई संदेश पठाइ पाकिस्तानका जनतालाई राष्ट्र्रिय दिवसको बधाइ दिएको प्रधानमन्त्री इमरान खानले दावी गरेका छन् ।
प्रधानमन्त्री मोदीको संदेशका विषयमा भारत सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन । पाकिस्तानले शुक्रबार ।।।नेसनल डे।।। मनाएको थियो ।

यसबीच शुक्रबार साँझ दिल्ली स्थित पाकिस्तानको उच्च आयोगमा पत्रकारलाई पकिस्तान दिवसको कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो । भारत सरकारले कार्यक्रमको बहिस्कार गरेकोले उनीहरुलाई पनि कार्यक्रममा सहभागी नहुन भनिएको थियो ।

यस विषयमा शुक्रबार विहानै भारतको विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भारतका कुनै पनि प्रतिनिधि दिल्ली स्थित पाकिस्तानको उच्चायोगमा हुने समारोहमा भाग नलिने जानकारी दिएका थिए ।
पाकिस्तान भारत प्रशासित काश्मिरका पृथक्तावादीलाई कार्यक्रममा आमन्त्रित गर्ने भएकोले भारत त्यसमा सहभागी नहुने प्रस्त निति रहेको रविश कुमारले बताएका थिए ।

यसैबीच भारतका विपक्षी पार्टी कांग्रेसले केन्द्रमा नरेन्द्र मोदी सरकारसँग इमरान खानको दावी सही हो वा होइन भन्ने प्रश्न राखेका छन् ।
इमरान खानले प्रधानमन्त्री मोदीका तर्फबाट पठाइएको सन्देशको जानकारी पनि दिएका छन् । मोदीले लेखेका छन् , पाकिस्तानको नेसनल डेका अवसरमा म पाकिस्तानका जनतालाई आफनो तर्पmबाट बधाइ तथा सुभकामना दिन चाहन्छु । यो त्यसतो समय हो जसमा उपमहाद्विपका जनताले कट्टरपन्थी र हिँसाबाट मुक्त वातावरणमा लोकतान्त्रिक, शान्तिपुर्ण, प्रगतिशिल र समृद्ध क्षेत्रका लागि काम गर्नु पर्छ ।

इमरानद्वारा सन्देशको स्वागत

इमरान खानले अर्को एक ट्विटमा सबै मुद्दा विशेष गरि काश्मिरको केन्द्रिय मुद्दा सल्टाउन भारतसँग बृहत वार्ता शुरु गर्न र जनताका लागि शान्ति र समृद्धिमा आधिरित नयाँ सम्बन्ध बनाउने यो अवसर भएको उल्लेख गरेका छन् ।
दिल्लीमा पाकिस्तान उच्चायुक्तको कार्यक्रम बहिस्कार गर्ने भारत सरकारको फैसलापछि नरेन्द्र मोदीले पाकिस्तान नेसनल डेमा इमरान खानलाई बधाइ दिएको विषयमा प्रधानमन्त्री कार्यालयले स्पष्ट पार्नु पर्ने कांग्रेसले माग गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानको यो दावी साँचो हो, भन्ने प्रश्न कांग्रेसका प्रवक्ता प्रियन्का चतुर्वेदीले राखेकी छिन् ।

हालैका समय भारत र पाकिस्तानको सम्बन्धको हिसाबले वर्षौंपछिको सबैभन्दा तनावको भएको कुटुनितिक विश्लेषकहरुले बताएका छन् । गत फेब्रुअरी १४ मा भारत प्रशासित काश्मिरको पुलवामामा सीआरपीएफको गस्तीमािथ भएको हमलापछि दुई देशबीचको सम्बन्ध तनावपुर्ण भएको हो । हमलामा जैश ए मोहम्मदलाई जिम्मेवार बताइएको थियो । उक्त हमलामा ४० भन्दा धेरै जवानको मृत्यु भएको थियो ।

उक्त हमलाको बदलामा भारतले फेब्रुअरी २६ मा पाकिस्तानको बालाकोटमा हवाइ कारवाही गरेको थियो । र त्यसको २४ घण्टा नवित्दै पाकिस्तानले पनि भारत प्रशासित काश्मिर स्थित भारतिय सैन्य ठेगानालाई लक्षित गरी हवाई कारवाही गरेको थियो । यस क्रममा भारतिय वायुसेनाका एक मिग विमानलाई पाकिस्तानले खसालेको र त्यसको पाइलटलाई हिरासतमा लिएको थियो ।
यद्यपी पाकिस्तानले दुई दिनमा हिरासतमा रहेका पाइलट अभिनन्दन बर्तमानलाई भारतलाई बुझाएर तनाव कम गर्ने प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्