स्कुल ड्रेसमै परीक्षा दिन पुगिन् करिश्मा मानन्धर



काठमाडौं । नायिका करिश्मा मानन्धर आइतबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् । उनले आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् ।

विद्यास्मारक विद्यालय डिल्लीबजार काठमाडाैं केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् । परीक्षा दिन उनी बा९च ४२६ नम्बरको आइट्वेनटी गाडीमा परीक्षा केन्द्र पुगेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्