सडन डेथमा पुलिस भाग्मानी



हेटौंडा,(नेस)
च्यासल युथ क्लबलाई सडनडेथमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब हेटौंडामा जारी शहीद स्मृति फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा पुलिसका गोलकिपर रोशन खड्काले च्यासलका खेलाडी मिलन राईको प्रहारको उत्कृष्ट बचाउ गरे । च्यासलका गोलरक्षक दिनेश थापामगरले पुलिसका मानबहादुर परियारको पेनाल्टी रोके ।

पुलिसका लागि तीर्थ रानामगर, हरि कठायत, भरत शाह, सन्तोष हिमरुन, बुद्ध लामा र निरकुमार राईले गोल गरे । सडनडेथमा पुलिसका बुद्ध लामा र निरकुमार राई सफल ुँदा पुलिसको हेटौंडा बसाई लम्बिएको छ । सडनडेथमा पुलिसका गोलरक्षक खड्काले सञ्जोग राईको प्रहार रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्