नदुखेको कपाल…



नेपालीमा एउटा उखान छ नदुखेको कपाल डोरी लगाएर दुखाउने । यो भनेको मस्तराम भएर नबसेर किन जानी जानी आफ्नै कपाल आफैँले डोरी लगाएर दुखाएको होला भन्ने हो । यसरी अहिले पछिल्लोचरणमा आफ्नै कपाल दुखाउनेमा नेकपा माओवादी विप्लव समूह देखिएको छ ।

त्यत्रो वर्ष जनयुद्ध गरेर बल्लबल्ल शहर छिरेकाका विप्लवका केही मान्छेहरू किन मस्तराम नभएर आफ्नो कपाल आफैँले डोरी लगाएर दुखाको होला । यो देख्दा धरहरालाई बडो ताजुब लागेको छ । सँगैका साथीहरू प्रधानमन्त्री, मन्त्री भइसके, कति–कति नियुक्ति खाइसके ।

लोग्ने–स्वास्नी मोजमस्ती गरेर बसेका छन् तर यो समूहका मान्छेहरू गणतन्त्र आइसक्दा पनि अझै जनताको मुक्ति भएको छैन भन्दै तातो न छारोसँग बम बनाउने पड्काउने गरिरहेका छन् । एकीकृत क्रान्ति भन्दै फेरि जेल जान नेल लगाउन तयार भएका छन् ।

के को राष्ट्रवाद क्या यो विश्वव्यापीकरणको जमनामा ? दाँयाबाँयाका छिमेकीसँग चोचोमोचो मिलाएर खुरुक्क सत्तामा गएर मोजमस्ती गरे हुन्न ? बेकारमा के को दुःख बेसाराको हो कुन्नि ?

प्रतिक्रिया दिनुहोस्