मुलुककै सबैभन्दा लामो झोलुंगे पुलको शिलान्यास



नेपाल समाचारपत्र, पर्वत
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काम गर्दा खुट्टा तान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

पर्वतको पाङ र बागलुङको बलेवा नगरपालिका जोड्ने मुलुककै सबैभन्दा लामो (५६७ मिटर) झोलु∙े पुलको शिलन्यास गर्दै अध्यक्ष तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिक पूर्वाग्रहका कारण खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दैे त्यसले देशको विकासमा अवरोध भइरहेको बताउनुभयो ।

चुनावका समयमा आ–आफना एजेन्डा लिएर जनताका बीचमा मत माग्न जाने सबै दलहरु विकास र समृद्धिको मुद्दामा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।‘हामी सत्तामा रहेको पार्टीले काम गर्दा आफ्नो पार्टीको साख गुम्ने त्रासले खुट्टा तान्ने प्रवृत्तिले ग्रस्त भएका छौं, पार्टीभित्रै पनि एक अर्काले गरेको काममा जस दिनुभन्दा आलोचना बढी गछौं ।’

तिमिल्सिनाले भन्नुभयो–‘चुनावका बेला एजेण्डा दिएर मत माग्ने र अरु समयमा सत्ताधारि र सत्ता बाहिरका सबै मिलेर विकासमा काम गर्ने प्रवृत्तिको विकास गर्न आवश्यक छ ।’ उहा“ले स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्दा समृद्धि आउने बताउनुभयो । तिमिल्सिनाले हरेक विकास निर्माणका काम गर्दा उत्पादन के र कति हुने भन्ने बिषयमा प्रस्ताव तयार गरेर मात्रै कामको थालनी गर्नुपर्ने बेला आएको बताउनुभयो ।

‘जागिर खा“दा एक व्यक्तिले मात्रै आफ्नो जिविको चलाउ“छ तर उद्यमले हजारौं व्यक्तिलाई रोजगारी दिलाउ“छ’ तिमिल्सिनाले भन्नुभयो–‘राजनीति गर्नेहरुले पनि जागिरे होइन उद्यमी उत्पादन गर्ने सोचको विकास गरौं ।’ उहा“ले वर्तमान सरकारले नया“ संरचना अनुसारका पूर्वाधार निर्माणमा समय खर्चेको भन्दै अवको एक वर्षभित्रमा विकासका कमले गति लिने बताउनुभयो । पूर्वाधार निर्माणका काम अन्तिम चरणमा रहेकाले जनताले महशुस गर्ने गरी काम गर्न सरकार तयार भइसकेको उहा“को दाबी थियो ।

तिमिल्सिनाले पुल निर्माणको काम पाएको हिमशिखर कन्स्ट्र«क्सका प्रमुखलाई समयमा काम सक्नका लागि कार्यक्रम स्थलमानै प्रतिबद्धता जाहेर गर्न लगाउनुभयो । निर्माण कम्पनीले काम गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेता, पेटी ठेकेदारका चुल्ठे मुन्द्रेहरुले अनावश्यक अवरोध गर्ने र पैसा माग्ने गरेका उदाहरण रहेको भन्दै कुनै पनि अवरोध नगर्न निर्देशनसमेत दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीले महत्वकांक्षी योजनाहरले सर्वसाधारणको माग अनुसारको विकास निर्माणको कामको प्रतिनिधित्व गर्ने बताउनुभयो । प्रदेश सरकारले योजनाबद्ध विकासका कामलाई गति दिने भन्दै अधिकारीले सबैको सहभागितामा आधारित प्रदेशको उन्नती हुने बताउनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन र उत्पादनस“ग जोडेर हरेक क्षेत्रको विकास गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्