हिमालयन बैंकले तीन अर्ब रुपिया“को ऋणपत्र निष्काशन गर्दै



काठमाडौं, (नेस) लक्ष्मी क्यापिटल मार्केटले हिमालयन बैंकको तीन अर्ब रुपिया“ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नुभएको छ । बैंकले ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८३’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपिया“का दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बा“की ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्तालाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सात वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्