बेसारले बजार पाएन, करिब २० टन बेसार बारीमै



गणेश घिमिरे, इलाम
बहुपयोगी बालीका रूपमा प्रयोग हुने बेसारले उचित बजार नपाउ“दा इलामे कृषक निराश बनेका छन् । बजारमा कृषकको पहु“च नपुग्दा करिब २० टन बेसार बारीमै थन्किएको छ । प्रशोधन गरेर धूलो बनाउने प्रविधि नहु“दा कृषक मर्कामा परेको सूर्योदय नगरपालिकास्थित कन्यामका बेसार उत्पादक कृषक पदम कटुवालले बताउनुभयो ।

मुख्यतः मसला बालीका रूपमा प्रयोग हुने बेसार खाद्य रङका रूपमा उपयोग गरिन्छ । विभिन्न सौन्दर्य सामग्री तथा औषधि बनाउन पनि यसको प्रयोग उच्च छ । तर, बहुपयोगी भएर पनि बजार व्यवस्थित नहु“दा खेतीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको कृषक बताउ“दै आएका छन् । बेसारमा पाइने कुर्कुमिन भन्ने फायटोकेमिकल तŒव क्यान्सर, मधुमेह, आथ्रिटिस तथा युरिक एसिडजस्ता रोगबाट बचाउन उपयोगी हुने विज्ञहरू बताउ“छन् । बेसारको गानोमा ५ प्रतिशतसम्म कुर्कुमिन हुन्छ र ७ प्रतिशतसम्म बास्नादार तेल पाइन्छ । जिल्लामा करिब एकसय १२ हेक्टरमा वार्षिक दुईहजार मेट्रिक टन बेसार उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाउ“छ ।

नेपालका केही उच्च हिमाली बाहेक प्रायः जिल्लाका धेरै–थोरै स्थानमा बेसार खेती गरिएको सरकारी तथ्यांक छ । बेसारले उचित बजार नपाउ“दा केही वर्षयता क्षेत्रफल र उत्पादन घट्दो क्रममा देखिएको छ । यसले आयात बढाएको छ भने निर्यात घटाएको छ । आफ्नै उत्पादनको प्रवद्र्धन र व्यवस्थापन गर्न नसक्दा नेपाल बेसारका लागि पनि विदेशीकै भर पर्नुपर्ने अवस्थामा पुगेको छ ।

नेपालमा भारत, चीन र मलेसियाबाट पनि बेसार आयात हुने गरेको छ । नेपालबाट भारत, जर्मनी, अमेरिका, जापान र चीनमा बेसार निर्यात हु“दै आए पनि त्यो घट्दो दरमा छ । अरू बालीको तुलनामा प्रतिहेक्टर बेसारको उत्पादकत्व पनि उच्च छ । ज्ञान केन्द्रका अनुसार देशभर बेसारको उत्पादकत्व ८ दशमलव १७ टन प्रतिहेक्टर छ भने इलाममा १६ दशमलव ६४ टन प्रतिहेक्टर छ ।

बेसार खेती गर्दै आएका इलामका विभिन्न गाउ“का किसानको बारीमा एक सयदेखि तीन÷चार सय मनभन्दा बढी बेसार रहेको छ । घरखेतमा अन्य खेती छाडेर व्यावसायिक बेसार खेती गरे पनि बजार नपाएपछि कृषकहरु समस्यामा परेका हुन् । जिल्लाको सोयाक, सुम्बेक, कन्याम, चिसापानी, साकफारालगायत गाउ“मा बेसार खेती गरि“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्