थुपै विशेषता भएका एलजीका नयाँ होम एप्लाइन्सेस बजारमा



नेपाल समाचारपत्र, काठमाडौं
सिजी इलेक्ट्रोनिक्सले उपभोक्तालाई ध्यानमा राखेर एलजीको विभिन्न नया“ मोडेलका होम एप्लाइन्सेस बजारमा ल्याएको छ । कम्पनीले एलजी बान्डका रेफ्रिजीरेटरलगायतका घरायसी विद्युतीय उपकरणका साथै अन्य विद्युतीय उपकरण बजारमा ल्याएको हो ।

एलजीले आफ्ना उत्पादन गुणस्तरीय भएको दाबी गर्दै आएको छ । नया“ रेफ्रिजीरेटर कम बिजुली खपत गर्ने, इन्र्भटरबाट समेत चल्न सक्ने, ध्वानी प्रदूषण कम गर्ने, भण्डार क्षमता भएको, लामो समयसम्म खानेकुरा ताजा राख्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले पछिल्लोपटक छ वटा नया“ उत्पादन बजारमा ल्याएको छ । जसमा फ्रिज, टिभी, वासिन मेसिन, रेफ्रिजीरेटर, डिस वासलगायतका सामग्री रहेका छन् । आकर्षण डिजाइनका यी रेफ्रिजीरेटरमा १० वर्षभन्दा बढीको ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ । यो घरायसी वातावरणअनुसार प्रयोग गर्न सकिने एलजीको दाबी रहेको छ ।

त्यस्तै कम्पनीले एक आमउपभोत्ताले प्रयोग गर्नेभन्दा फरक प्रकारको नया“ ब्रान्डका वासिङ मेसिन समेत बजारमा ल्याएको छ । जसमा धोएको कपडा एकदम सफा र मुलायम हुने, बच्चाको कपडामा किटाणुजन्य वस्तुलाई पनि निराकरण गर्ने काम यस मेसिनले गर्ने कम्पनीको दाबी रहेको छ । एलजीले बजारमा ल्याएका नया“ उत्पादनहरुमध्ये

बोलेट टिभी: बोलेट टिभीलाई नेपालमा एलजीले नया“ प्रविधिको रुपमा भित्र्याएको हो । यसमा बोलेको भरमा च्यानलहरु परिवर्तन गर्न सकिने जनाइएको छ । साथै मधुर आवाज निस्कने यसमा डबल ब्याकअप रहेको छ । एलजीले बोलेट एप्स डाउनलोड गरेर बोलेको आवाजको आधारमा आठ सयभन्दा बढी मोभमेन्ट परिर्वतन गर्न सकिने कम्पनीको भनाइ छ ।

एलजीले बजारमा ल्याएको सबै प्रोड्क्सनमा ऊर्जाको बचत हुने बताएको छ । एलजीका नया“ स्मार्ट सामान जस्तै टिभी इन्भर्टर कम्प्रेसर प्रविधिमा केवल थारै मात्र फ्रिक्सन प्वाइन्ट हुन्छ र थारै मात्र मेहनत पर्ने भएकाले ३० प्रतिशतभन्दा बढी ऊर्जा खपत कम गर्ने सकिने कम्पनीका इन्जिनियर प्रजोन दानीले बताउनुभयो । तौलको मात्र कम भएको एलजीको उत्पादनहरु सजिलै भण्डार गर्न सकिने कम्पनीको दाबी रहेको छ ।

एलजीका सामानको प्रयोग गर्दा समयको बचत हुनुका साथै छिटो र छरितो तरिकाले काम गर्न सकिने इन्जिनियर दानीको भनाइ छ । विश्वकै पहिलो कर्भ स्क्रिन भएको एलजी टिभी गुणस्तरीय र दृश्यावोलकाका लागि आदर्श टिभीका रुपमा चिनिने कम्पनीले जनाएको छ ।

कम्पनीको स्वामित्वमा रहेको डब्ल्यू आजीबी आईएलईडी प्रविधि र ५५ इन्चको कर्भ ओएलईडी टिभीले वास्तविक दृश्य देखाउने कम्पनीको दाबी रहेको छ । त्यस्ता खालका टिभीमा पातलो र हलुका स्क्रिन रहेको हुन्छ भने फोर के थ्री प्ले पिक्चर क्वालिटी र वेबओएस प्रविधिमा आधारित अल्ट्रा एचडी फोर, एचडी फोर के टिभी ४९ इन्चमा उपलब्ध रहेको कम्पनीले जनाइएको छ ।

एलजीको टिभीमा पूर्ण एचडी टिभीमा जस्तो पिक्सल हुन्छ, जसले उच्चस्तरीय थ्रीडीको अनुभव दिने कम्पनीले जनाएको छ । नेपालमा नौलौ मानिएको एलजीको वेबओएस प्रविधि यस्तो अपरेरिङ सिस्टम हो । जसले आफ्नो हाउभाउ र आफैं कुरा थाहा पाउन सक्नेछ । यसमा उभोक्ताले एकैपटक गेम खेल्न, इन्टरनेट चलाउनको लागि तथा टिभी हेर्न सक्ने दानीको भनाइ छ ।

त्यस्तै फ्रिजमा पनि अनेक विशेषत भएको कम्पनीले जनाएको छ। उपभोत्ताले फ्रिजको प्रयोग गर्दा लामो समयसम्म पनि नबिग्रने, फलफूलजन्य वस्तुहरुको किटाणुहरुलाई मार्न सक्ने क्षमता भएको फ्रिज कम्पनीले ल्याएको छ । साथै डिस वासमा पनि नया“ विशेषता भएको कम्पनीले जनाएको छ । उक्त डिस वासमा पनि तीन प्रकारको विशेषता भएको कम्पनीले जनाएको छ ।

यसमा जस्तासुकै प्रकारका भाँडा पनि माझ्नका लागि पनि प्रयोगमा गरिन्छ । यसमा भा“डा टल्काउने पानीको फोहोराले भएको धोइसकेपछि स्टिम वाथको प्रयोग गरी भा“डा सेकाउने काम पनि उक्त मेसिनले गर्छ । जसका कारण समयको बचत हुनुका साथै भान्सामा प्रयोग गर्नका लागि जुनसुकै उमेर समूहले पनि काम चलाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै एसीमा पनिमा पनि उत्कृष्ट ऊर्जाको संकलन गर्ने, ताजा र स्वच्छ हावा प्रदान गर्ने र विद्युत् कम खर्च लाग्ने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहक तथा आम उपभोक्ताहरुको भावनालाई ध्यानमा मूल्यमा समेत कम गरेको दाबी गरेको छ । कम्पनीले वासिङ मेसिनमा पनि विभिन्न भेराइटीका रहेको छ ।

वासिङ मेसिनको मूल्य ४८ हजारदेखि ३५ लाख रुपिया“सम्म भएको कम्पनीले जनाएको छ । त्यस्तै टिभीमा पनि विभिन्न किसिमका भेराइटीहरुको रहेका छन् । टिभीको मूल्य २० हजारदेखि १३ लाख रुपिया“सम्म रहेको छ । साथै फ्रिजको हकमा पनि ३४ हजारदेखि ३ लाख ९० हजार रुपिया“सम्मका रहेको कम्पनीले जनाएको छ । डिस वास क्लिनरमा पनि २ लाख ८ हजारसम्मका रहेका छन् । साथै एसीमाहरुमा ९२ हजारदेखि २ लाख रुपिया“सम्म रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले एलजीको समान चलाउनका लागि अत्यन्त सजिलो भएको जनाएको छ । कम्पनीले बेला बेलामा आमग्राहक तथा उपभोक्ताहरुलाई विद्युतीय घरायसी उपकरण चलाउनका निम्ति तालिम, फ्रि कुकिङलगायतको सेवासमेत दिने गरेको छ । त्यस्तै कम्पनीले आफ्नो समानको गुणस्तरमा कुनै प्रकारको प्रश्न उठ्ने काम नगरेको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्