आदिवासी अग्राधिकारको सवाल



कृष्ण प्रजापति
भनिन्छ, प्रत्येक मानिस बराबर हुनुपर्दछ । तर त्यसो नहुँदा रहेछन् । बराबरीको परिभाषा पनि फरक फरक हुँदा रहेछन् । प्रकृतिले नै मानिसलाई असमान गरिसकेपछि बराबरी वा उस्तै हुने आधार पनि भताभुंग भएको छ । हातका औंलाहरु पनि सबै बराबर हुँदैन भने जस्तै यो पृथ्वीको विभिन्न स्थानमा जन्मेका मानिसहरु पनि एक जना जस्तै अर्को जना नहुँदा रहेछन् ।

अफ्रिकाका मानिसहरु कालो हुने, चीन—जापानका मानिसहरु गोरो हुने अनि नेपाल भित्रै पनि हिमालतिरका मानिसहरु अलग्गै रुप रंग र तराई मधेशका मानिसहरु हेर्ने बखत कालो कालो भएर अनुहारको रुप रंग नै अलग्ग हुने कारण मानिस सबै उस्तै वा बराबरी हो भने पनि बराबरी हुँदैनन् । नेपालमा २०१४—१५ सालदेखि सुरु भएको भाषा आन्दोलन, साहित्यिक आन्दोलन, राजनीतिक आन्दोलनका दस्ताबेजहरुले पनि देखाउँछ कि यो देशमा लामो समय अगाडिदेखि असमानता, अन्याय र अत्याचारको स्थिति कायम रहेछ । त्यसको निराकरणको लागि विभिन्न पक्षले विभिन्न रुपमा आन्दोलन र अभियानहरु अगाडि बढाउँदै आइरहेको इतिहास पनि देखा पर्दछ ।

भन्नलाई त यहाँ एक हिसावले सुत्रवद्ध रुपमा परिभाषित गर्ने गरिन्छ, ‘बसु धैव कुटुम्बकम्’ । अर्थात् संसारमा रहेका प्राणी जम्मै साथीभाईहरु हुन् । खाली फरक भनेकै महिला र पुरुष मात्रै हो । अरु जम्मै बराबर छन् । रगत सबैको रातो भएकाले जात, जाति, भाषा, भाषी र नस्लको आधारमा कसैलाई पनि अलग्ग गर्ने काम गर्नु हुँदैन । त्यसो हो भने भाषा, धर्म, क्षेत्र भनी अलग्ग अलग्ग गर्नु प¥यो नै किन ? स्थान अनुसार मानिसहरु फरक हुने भएकाले जात अनुसार मानिसहरुको रहन सहन फरक हुने भएकोले अनि धर्म संस्कृति अनुसार मनिसको बुद्धि, विवेक र सोचमा एकरुपता नहुने भएकाले नै भाषा, जाति र धर्म सम्प्रदायको कुरा अगाडि आउने गरेको हो । त्यसैले स्थान अनुसार, देश अनुसार वा उत्तरी गोलाद्र्ध र दक्षिणी गोलाद्र्धका मानिस फरक फरक रहन सहन, फरक फरक चाल चलन र फरक फरक रुपमा बाँच्न सिक्ने धारणाको विकास हुँदै आएको पाइन्छ ।

यथार्थमा ईश्वरले यो विश्व ब्रम्हाण्डको सिर्जना गरेको पनि होइन । प्रकृतिले नै यो विश्व ब्रम्हाण्डको सिर्जना गरेको हो । अफ्रिकाका मानिसहरु काला, डेनमार्क र फिण्डल्याण्डका मानिसहरु गोरा अनि चीन, जापान, कोरियाका मानिसहरु होचा पुड्का भएर चट्ट पर्ने पनि प्राकृतिक चीज हुन् । यसरी प्रकृतिले नै मानिसहरुलाई समान नगरी सकेपछि उनीहरुको चाल चलन, रहन सहन फरक हुने पनि स्वभाविक चीज हो । यस हिसावले मानिस प्राकृतिक रुपमै फरक हुने गर्दा रहेछन् । अनि कानून, संविधान वा नियममा मानिसहरु सबै बराबरी भन्ने बित्तिक्कै कहाँ समान हुन सकिन्छ र ? यसरी सबै मानिस बराबरी नहुने वा जो सुकै संग एउटा न एउटा विशेष गुण हुने कारण आदिवासी जनजाति वा भुमिपुत्रहरुलाई विशेषाधिकारको माग भएको हो । बैज्ञानिक रुपमा नै सबै मानिससंग सबै गुण नहुने कारण वा उनको क्षमता र योग्यतामा फरक फरक परिणाम देखिने कारण उनलाई जीवनमा सहज रुपमा बाँच्नका लागि पनि कुनै न कुनै प्रकारको विशेष खालको अधिकार प्रत्यायोजन गर्नुपर्ने बाध्यता राज्यलाई आएको देखिन्छ ।

बाहिरबाट आएका टाठाबाठाहरुले राज्य सञ्चालनको क्षेत्रमा आफूलाई पु¥याए पनि स्थानीय रुपमा पहिलादेखि बसोबास गर्दै आएका आदिवासीलाई आवश्यक अधिकार वा उनीहरुलाई विशेष अधिकार वा अग्राधिकार हुनुपर्ने माग वैज्ञानिक रुपमा नै मानिसलाई समान गर्न खोज्ने वा सक्दो उनीहरुको रक्षा गर्ने अधिकार हो ।

मानिस–मानिस बीच पनि डीएनए वा बंश फरक देखिने भएकाले पनि संयुक्त राष्ट्र संघले अहिले आएर आदिवासीको आवाज अलग्ग ढंगमा परिभाषित गर्ने चलन सुरु गरेको छ । सबै मानिस बराबर हो भन्ने बखत अन्याय हुने कारणले नै अब त्यसो नभनिकन प्राकृतिक र नैसर्गिक अधिकारको कुरा अगाडि सारेको हो । मानिस समान हुन् भन्ने परिभाषा गलत हो भन्ने कुरालाई ध्यान दिएर मात्रै यो नयाँ परिभाषा बाहिर ल्याउने गरेको हो । सुरु सुरुमा राष्ट्र संघ स्थापना भएको बखत धनी गरिब, काला गोरा, शोषक र सामन्त निमिट्यान्न पार्ने भन्ने हिसाबले स्थापना भएको थियो । तर अहिले बैज्ञानिक ढंगमा अध्ययन अनुसन्धान गरेर मात्रै त्यसको निक्र्यौल गर्नुपर्ने अवस्था सिर्जना भएपछि भने नयाँ परिभाषा वा आधारभूत मानव अधिकारको कुरामा मानिस सबै बरोबर हुन सकिन्न भन्ने अवधारणा नै राष्ट्र संघ जस्तो अन्तर्राष्ट्रिय निकायले पनि स्वीकार गरेको छ ।

सम्पूर्ण मानिस बराबर हुने भए उनीहरुको डीएनए पनि एउटै हुनुपर्ने थियो तर त्यसो भएन । त्यसैले अहिले आएर राष्ट्र संघले जारी गरेको मानवअधिकारको परिभाषा र मान्यतामा पनि विशेष अधिकारको कुरा उल्लेख गरिएको छ । विशेष गुण भएका मानिसलाई विशेष अधिकार हुनुपर्दछ भन्ने मान्यताले स्थान लिने गरेको छ । अहिले संसारमा बालबच्चाहरुलाई बाल अधिकार, महिलाहरुलाई माहिला अधिकार, मूलबासी वा आदिवासी जनजातिहरुलाई आदिवासी अग्राधिकारको कुरा पनि यसै गरी अगाडि आउने गरेको हो ।

नेवारहरु नेपालका आदिवासी जनजाति हुन् । त्यसैले यहाँका बन, जंगल, नदी नाला, पहाड र प्राकृतिक चीजहरुमा आदिवासीहरुको पहिलो अधिकार कायम हुन्छ भनिएको हो । बाहिरबाट आएका टाठाबाठाहरुले राज्य सञ्चालनको क्षेत्रमा आफूलाई पु¥याए पनि स्थानीय रुपमा पहिलादेखि बसोबास गर्दै आएका आदिवासीलाई आवश्यक अधिकार वा उनीहरुलाई विशेष अधिकार वा अग्राधिकार हुनुपर्ने माग वैज्ञानिक रुपमा नै मानिसलाई समान गर्न खोज्ने वा सक्दो उनीहरुको रक्षा गर्ने अधिकार हो । यो नैसर्गिक अधिकार वा जन्मसिद्ध अधिकार हो ।

अल्पसंख्यक अधिकार, मूलबासी आदिवासी अधिकार, नेवाः अधिकार, मधेश अधिकार भनेको विशेष अधिकार हो । नेपाल जस्तो विविधता भएको वा बहुलता भएको स्थानमा यस्तो अधिकारको अत्यन्तै महत्व रहन्छ । त्यसैले विभिन्न जात जाति, भाषा भाषिको सो अधिकारलाई एक हिसावले सरकारले विशेष अधिकारको रुपमा परिभाषित गरी कायम गर्नु पर्दछ । राज्यले दिने अधिकारमा पनि स्थानीय जनतालाई विशेष अधिकार दिनु पर्दछ ।

यहाँका जात्रा पर्व, चाड पर्व र चाल चलनको संरक्षण र विकास गर्ने काममा कसैले पनि हस्तक्षेप गर्नु हुँदैन । बिस्केट जात्रा, इन्द्रजात्रा, कुमारको रथ तान्ने जात्रा जस्ता प्राचीन चलनमा बाधा पार्ने कार्य राज्यले गर्न पाइँदैन । आफ्नो पहिचान कायम गरिराख्नका लागि आदिवासीहरुको यो महत्वपूर्ण चीज बचाई राख्ने राज्यको दायित्व पनि हो । रुकुम रोल्पामा बस्ने राउटे जातिले जस्तो रहनसहन मान्ने हो त्यो हिमालयमा बस्ने शेर्पा जातिको हुँदैन । भूगोलको आधारमा पनि त्यसलाई फरक ढंगमा हेर्नुपर्ने हुन्छ । इतिहास र भूगोलको साथै आदिवासी जनजातिले अँगाल्दै आएको मान्यतालाई पूर्णरुपमा संरक्षण र संवद्र्धन गरेर मात्रै यहाँको इतिहास, संस्कृति र संस्कारलाई बचाइराख्नका लागि राज्यले आदिवासीलाई शिक्षा, स्वास्थ्यजस्ता विषयमा सक्दो निःशुल्क र अनिवार्य व्यवस्था गर्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्