वृद्धाको समाचार पढेर प्रधानमन्त्रीको मन छोयो



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल समाचारपत्रमा शनिबार छापिएकाे ‘न नागरिकता दिए न भत्ता’ शीर्षकको समाचार पढेर प्रधानमन्त्री केपी शर्मा ओलीको मन छोएको छ।

पधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कवरलले प्रधानमन्त्री यसबाररे गम्भीर हनु भएको बताउनु भएको छ । नुवाकोट त्रिशूली घर भएर हाल थापाथलीमा बस्दै आएकी धनकुमारी राईले पाएको नागरिकता पनि गाउँको अर्कैले लगिदिएको र अहिलेसम्म न नागरिकता न वृद्धभत्ता नै नपाएको समाचार पहिलो पृष्ठमा तस्बीरसहित छापिएको थियो।

राईले जीवनमा धेरै दुःख पाएको र अहिले एक्लो भएको गुनासो गर्नुभएको थियाे। ‘समाचारप्रति प्रधानमन्त्रीज्यूको ध्यान गएको छ, उहाँले यसबारे चिन्ता लिनभएको छ। प्रबक्ता कुवँरले भन्नुभयो– ‘विषय गम्भीर नै रहेछ, नागरिकता पनि रहेनछ, वृद्धभत्ता नपाउनु अर्को समस्या हो।’

प्रवक्ता कुँवरले यसबारेमा बुझेर सम्बन्धित व्यक्तिलाई भेटेर सरकारले गर्नुपर्ने दायित्व पूरा गर्नेसमेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्