गगनलाई नै चुनाती दिने अर्का थापा को हुन् ?



काठमाडौं ।
नेपाली कांग्रेसमा शब्दको प्रहार भइरहन्छ । एकले अर्कालाई गाली गर्ने र फेरि अर्काले खुलेरै फर्काउने कांग्रेसको धर्मजस्तै भएको छ ।
महामन्त्री कोइराला सधैं हिन्दुराज्यको वकालत गर्दै आउनुभएको छ ।

महामन्त्रीले बोलेको कुरा चित्त नबुझेपछि कांग्रेस नेता गगन थापाले तत्कालै प्रतिक्रिया जनाउनुभएको थियो । गगनले महामन्त्रीको भाषणले कार्यकर्तामा भ्रम फैलिएको र कार्यकर्ता अलमलमा परेको सार्वजनिक कार्यक्रममा नै आलोचना गरेपछि त्यसका विरुद्ध नेता थापालाई कांग्रेसकै अर्का यूवा नेता सुशील कोइराला सोसलिष्ट युथ सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले गगनलाई स्वच्छ राजनीतिक प्रतिस्पर्धामा आउन चुनौती दिनुभएको छ । ताराबहादुर थापाले गगनलाई सधैं आलोचना गरेर मात्र नेता बनिन्छ भन्ने सपना नदेख्न सुझाव दिनुभएको छ ।

भाषण गरेर नै नेता बन्नुभएका गगन एकपटक समानुपातिक र २ पटक निर्वाचित सांसद र एकपटक स्वास्थ्यमन्त्री भएपनि जनताको जिवनमा सकारात्मक परिवर्तन हुने गरी काम नगरेको आरोप कार्यकर्ता र जनताले लगाउँदै आएका छन् । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कोइराला परिवारको बिर्ता कांग्रेस नभएको भनेपछि कोइरालाहरु देउवाविरुद्ध खनिएका थिए । तारा नेपाल विद्यार्थी संघलाई हाँक्न बुढाखाडाले नसकेको भन्दै २५ वर्ष मुनिकालाई पनि निश्चित प्रतिशत छुट्याई आफूहरुको सोच र बिचारको सम्मान गर्दै संघलाई गतिशिल बनाउन माग गर्नुभएको छ । तारा ‘अन्डर २५’ को अभियान चलाउँदै आउनुभएको छ ।

फेसबुकमा तारा बहादुर थापाले विरोधको नाममा विरोध मात्रै नगरेर विरोधको बीचमा समाधानका विकल्पहरु दिन सक्ने नेता चाहिएको छ तर त्यो नेता गगन थापा नभएको दाबी गर्नुभएको छ । उनले युवा नेताहरुलाई आफ्नो नामको अगाडि युवा थपेर उमेरको सुविधाको आधारमा युवाहरुलाई राजनीतिक संस्कार इमान्दारिता र अनुशासनको पाठ सिकाउनुपर्नेमा त्यसको विपरीत गएर उग्र, जालझेल, खुरापातको राजनीति गर्न सिकाएको भन्दै आपत्तिसमेत जनाउनुभएको छ ।

ताराले स्वच्छ राजनीति गर्न र प्रतिस्पर्धामा आउनसमेत गगनलाई ठाडो चुनौती दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्