घरबाटै एसइइ परीक्षा !



विनोद सिंह विष्ट–बैतडी ।
यो वर्षको एसइई परीक्षामा बैतडीकी एक जना छात्राले घरबाटै परीक्षा दिने भएकी छन् । दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाडौंकी करीश्मा बोहराले घरबाटै परीक्षा दिने भएकी हुन् ।

अपाङगता भएकी करीश्मा परीक्षा दिन परीक्षा केन्द्रसम्म जान नसक्ने भएकोले घरबाटै करीश्मालाई परीक्षा दिने व्यवस्था मिलाईएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । निंङगलाशैनी मावी देहीमाण्डौकी परीक्षार्थी करीश्माको परीक्षा केन्द्र मणीलेक मावी गुरुखोला रहेको छ ।

शारिरिक अपांगता भई हिडँडुन गर्न नसक्ने करीश्मालाई घरमै परीक्षा दिने वातावरण निमार्ण गरीएको हो । परीक्षाको लागी एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था गरीएको प्रमुख अवस्थीको भनाई छ ।

यस्तै सुर्नया गाउँपालिका स्थीत केदार मावी कठमडामा अध्ययनरत छात्रा दिपा बोहराले सहयोगी मार्फत परीक्षा दिने भएकी छन् । दृष्टीवीहीन र शारीरीक अपाङगता भएकी दिपाको कक्षा ९ का अध्ययनरत सुमीत्रा साउँदले परीक्षा दिने भएकी छन् । रौलेश्वर मावीमा परीक्षा केन्द्र रहेकी दिपाले परीक्षामा लेख्न नसक्ने भएकोले यो व्यवस्था गरीएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।
नौ सय जनशक्ति परिचालन
माध्यमिक शिक्षा परिक्षा (एसइई)को बैतडीमा सबै तयारी पूरा भएको छ । आइतवारदेखि सुरु हुने एसइई परिक्षाका लागी बैतडीमा नौ सय जनशक्ति परिचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका विद्यालय निरीक्षक शंकर दत्त जोरीले जानकारी दिनुभयो । जसमा ३७५ सुरक्षाकर्मी, २५ केन्द्राध्यक्ष , ३५ सहायक केन्द्राध्यक्ष ,२९१ निरीक्षक र ११७ सहयोगी परिचालन गरिएका छन् । साथै जिल्लामा रहेका सबै २५ परिक्षाकेन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसेकेका छन् ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा माध्यमिक शिक्षा उतिर्ण परीक्षा समन्वय समितिले परीक्षालाई मर्यादीत , अनुशासीत र व्यवस्थित रुपमा सञ्चालन गर्न अनुगमन गर्ने प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । साथै सबै सबै केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण दिनुका साथै आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । यो वर्षको एसईई परीक्षामा जिल्लाबाट ५ हजार ८ सय १८ जना विद्यार्थीले सहभागिता जनाउने भएका छन ।

जिल्लामा रहेका १ सय १९ सामुदायिक विद्यालय र ४ ओटा निजि विद्यालय ं( बोर्डिङ स्कुल )का गरि १ सय २३ विद्यालयले एसइई परिक्षामा सहभागिता हुन लागेका हुन् ।

२०७३ साल अघिका एक्जाम्टेड र प्राविधीक धारका परीक्षार्थीका लागी शाहीलेकस्थीत विरेन्द्र मावीमा केन्द्र तोकीएको छ । यसका साथै ७३ पछीका एक्जाम्टेड र नियमीत तर्फका परीक्षार्थीका लागी साविककै केन्द्रहरु तोकीएका छन । आईतवार बिहान ८ बजेबाट सुरु हुने एसइई परिक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुने छ ।

बिचमै विद्यालय छोडेका , परीक्षा शुल्क नबुझाएका र ७५ प्रतिशत हाजीरी नपुगेका ३० जना छात्रा र २० जना छात्र गरी ५० परिक्षाले यो बर्ष एसइई परिक्षा दिन नपाउने भएका छन् ।

एसइई परिक्षाका लागी सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा २३ लाख १३ हजार २२२ रुपैंया बजेट छुट्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले सातै प्रदेशमा कार्यालय खोली परीक्षा सञ्चालन गर्ने योजना लिए पनि एसइईका लागि विगतको परीक्षा नियन्त्रण कार्यालयकै संरचनामा व्यवस्थान गरिरहेको छ । यस वर्षबाट परीक्षाको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्