नेपाल फेरि निरास, भारत पाँचौं पटक च्याम्पियन



सरोज यादव, विराटनगर

विराटनगरको सहिद रंगशालामा सम्पन्न पाँचांै साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्नबाट नेपाल वञ्चित भएको छ।

लगातार चारपटक साफ च्याम्पियनसिप बनेको भारतले पाँचौं उपाधि जित्न नेपाललाई शुक्रबार सम्पन्न फाइनल खेलमा ३–१ गोलअन्तरले हराएको हो। योसँगै साफ च्याम्पियनसिप उपाधि जित्ने नेपालको सपना यसपटक पनि अधुरै रहन पुग्यो। च्याम्पियनसिपको पहिलो, दोस्रो, तेस्रो संस्करणको फाइनलमा पनि नेपाल भारतबाटै पराजित हुनुपरेको थियो।

पहिलो हाफ सकिँदासम्म नेपाल र भारतको समान १–१ गोल रहेको थियो। तर दोस्रो हाफमा उक्त समान गोल धेरै समय टिक्न सकेन। खेलको २६औं मिनेटमा भारतकी जालिमा छिप्परको फ्रि किक गोलमा परिणत भएको थियो। दोस्रो हाफमा भारतकै ग्रेस डाङ्ग्रीले ६३औं मिनेटमा एक गोल गरिन् भने ७८औं मिनेटमा जर्सी नम्बर १३ की अन्जु तामाङले अर्को गोल गरेकी थिइन्।

????????????????????????????????????

नेपालका तर्फबाट भने खेलको ३३औं मिनेटमा जर्सी नम्बर ९ की सावित्रा भण्डारीले एक गोल गर्न सफल भइन्। उनको यो २६औं अन्तर्राष्ट्रिय गोल थियो। रंगशालामा भरिभराउ नेपाली समर्थक उपस्थित थिए। नेपाली टोलीका तर्फबाट खेलाडी सावित्री भण्डारीका केही उत्कृष्ट प्रहार भारतीय गोलकिपरका सामू निष्क्रिय बनेका थिए।

च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता नेपालकी सावित्रा र भारतकी इन्दुमती काथिरिसान बनेका छन्। प्रतियोगितामा ४÷४ गोल गरेका दुवैले सर्वाधिक गोलकर्ताको अवार्ड बाँडे। प्रतियोगितामा सावित्रा सबै टिमविरुद्व गोल गर्न सफल भइन्। उनले भुटान, बंगलादेश, श्रीलंका र भारतविरुद्व समान एक गोल गरिन्।

बंंगलादेशविरुद्व दुई गोल गरेकी इन्दुमतीले श्रीलंका र माल्दिभ्सविरुद्व समान १÷१ गोल गरेकी थिइन्। सावित्रीले फाइनलमा गोल गर्दै राष्ट्रिय महिला फुटबल टिमबाट सर्वाधिक दोस्रो गोलकर्ता बन्न सफल भएकी छिन्। उनले जमुना गुरुङको २५ गोलको कीर्तिमान भंग गरिन्। उनको राष्ट्रिय टिमबाट गोल संख्या २६ पुगेको छ। सबैभन्दा बढी गोलको रेकर्ड भने अनु लामाको नाममा छ। उनले राष्ट्रिय टिमबाट ३५ गोल गरेकी छिन्। भारतकी डालिमा चिपर ‘मोस्ट भ्यालुयबल प्लेयर’ घोषित भइन्। बंगलादेशले भने ‘फेयर प्ले’ अवार्ड जित्यो।

प्रतिक्रिया दिनुहोस्