नख्खुलाई फुटसल उपाधि



काठमाडौं, (नेस)
नख्खु फुटसलले दोस्रो सुनीललाल जोशी स्मृति अन्तरसंघ फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। नेपाल खेलाडी तथा प्रशिक्षक संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नख्खुले दिलीप स्मृति प्रतिष्ठानलाई ५–३ गोलले पराजित गर्यो। नख्खुका रफि महर्जन र भुवन राउतले २–२ तथा अभय राणाले १ गोल गरे। प्रतिष्ठानबाट अनिल खड्का, दीपेन्द्र खत्री र अमुल लामाले गोल गरे। उपाधिसँगै नख्खुले ७५ हजार तथा प्रतिष्ठानले ५० हजार नगद पुरस्कार पाए। सामाखुसी फुटसलमा भएको प्रतियोगितामा नेपाल रोलबल संघले तेस्रो स्थानमा चित्त बुझायो।

प्रतिक्रिया दिनुहोस्