विछोडको पीडामा घात



मेदी हसन न्यायदीको स्वरमा घात बोलको मर्मस्पर्शी गीत सार्वजनिक भएको छ।

समीर राईको शब्द रहेको गीतमा संगीत नागेन्द्र श्रेष्ठले दिएका छन् भने संगीत संयोजन रिकेश गुरुङको रहेको छ। यसको गीतमाथि शिशिर श्रेष्ठको निर्देशनमा म्युजिक भिडियो तयार गरिएको छ।

मोडल विकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्। काठमाडौं आसपासमा खिचिएको गीतमा बिछोडको पीडा देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्