टीकाको अर्को नन फिल्मी रेकर्ड



नाइँ मलाई था छैन गायिका टीका प्रसाईंले नन फिल्मी गीतको नयाँ रेकर्ड बनाएकी छिन्।

उनको गीत माया लुकी लुकी युट्युबमा ५ करोड पटक बढी हेरिएको छ। करिब ९ महिनाअघि गायिका प्रसाईंले आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेको यो गीत ५ महिनादेखि नेपाली नन फिल्मी गीत संगीतमा सबैभन्दा बढी युट्युब भ्युज पाउने गीत बन्न सफल भएको हो।

आनन्द अधिकारीको शब्द, आशीष अविरलको संगीत तथा द कार्टुन क्र्युजको नृत्य अभिनय रहेको गीतमा विभिन्न व्यक्ति तथा समूहले आ–आफ्नो भिडियो बनाई युट्युबमा अपलोड गरेका छन्। जसको भ्युजसमेत जोड्ने हो भने ओरजिनल गीतको भन्दा पनि बढी भ्युज हुन आउँछ। यसअघि टीकाले गायक सञ्जीव पराजुलीसँग गाएको नाइँ मलाई था छैन युट्युबमा बढी भ्युज पाउने नन फिल्मी गीतको रेकर्ड बनाएको थियो। उक्त गीतले ३ करोड ६६ लाखभन्दा बढी भ्युज पाएको छ। युट्युबमा धेरै भ्युज पाउने नन फिल्मी नेपाली गीतको पहिलो रेकर्ड उनकै नाममा थियो भने उनकै अर्को गीत माया लुकी लुकीले उनकै रेकर्डलाई तोडेर ५ करोडभन्दा बढी युट्युब दर्शक पाएको हो।

यस गीतले रेडियो कान्तिपुर नेसनल अवार्ड २०७५, सर्वोत्कृष्ट पप गायिका इमेज अवार्ड २०७५, पब्लिक च्वाइस र उत्कृष्ट अभिनय गरी २ कालिका एफएम अवार्ड २०७५ समेत चुमेको छ। आफ्नो गीतलाई यति धेरै माया गर्ने सम्पूर्ण स्रोता दर्शक तथा गीतलाई सिर्जनाको समयदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्षरूपमा साथ, सहयोग दिई सघाउने सम्पूर्णप्रति आभार व्यक्त गर्दै यसरी नै माया, साथ र सहयोग रहँदै गए आफूले थप राम्रा गीत ल्याउन सक्ने गायिका टीकाले बताइन्।

प्रतिक्रिया दिनुहोस्