कागजपत्रको प्रिमियर



आज शुक्रबारदेखि अल नेपाल रिलिजमा आउन लागेको फिल्म कागजपत्रकोे बिहीबार साँझ राजधानीमा प्रिमियर शो आयोजना गरिएको छ।

अपिल विष्टको लेखन तथा निर्देशन रहेको कागजपत्र सामाजिक पारिवारिक तथा हास्यप्रधान कथामा निर्मित फिल्म हो। फिल्ममा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के रहेका छन् भने अन्य कलाकारमा भोलाराज सापकोटा सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी बर्देवालगायत रहेका छन्।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीद्वारा निर्मित कागजपत्रमा वसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्सनको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। ईपी एजुकेसन अस्ट्रेलियाको प्रस्तुति रहेको फिल्म वल्र्डवाइड फिल्म्स् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्