बोर्ड अध्यक्षमा निर्माता भट्टराई



चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा सरकारले निर्माता केशव भट्टराईलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले निर्माता भट्टराईलाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नेपाल चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्ष भट्टराई २ वर्षे कार्यकालका लागि बोर्ड अध्यक्ष नियुक्त भएका हुन्। केही अगाडि बोर्ड अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो।

भट्टराईद्वारा निर्मित पछिल्लो फिल्म यात्रा रिलिजका लागि तयार भएको छ।

प्रतिक्रिया दिनुहोस्