भवन ढल्यो



नयाँदिल्ली,(एजेन्सी)
भारतको कर्नाटक राज्यस्थित धारवादमा एउटा घर भत्किँदा सातजना व्यक्तिको ज्यान गएको स्थानीय संचार माध्यमले जनाएको छ । यसैगरी धारवादकी वरिष्ठ सरकारी अधिकारी दीपा चोलानले भवनमा पुरिएका अन्य ६१ जनाको जीवितै उद्धार गरिएको बताएकी छिन् ।

भारतीय वायुसेनाले निर्माणाधीन घरमा पुरिएकाहरुको खोज तथा उद्धारका लागि दुई वटा उद्धार टोली सहितका विमान परिचालन गरेको थियो । खोजी तथा उद्धार कार्य अझै जारी रहेको बताइएको छ । कर्नाटक राज्यका मुख्यमन्त्री एचडी कुमारास्वामीले खोज तथा उद्धारको कार्य सन्तोषजनक रहकेो जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्