चाँडै रेडकार्ड



एसईई परीक्षाको लगन नजिकिँदै गर्दा थाहा भो यसपटक धेरै गाउँपालिकाका पदाधिकारी परीक्षाको तयारीमा जुट्या रै’छन् । उता राष्ट्रिय राजनीतिमा पृथक पहिचान बनाएकी नेकपा नेतृ शान्ता चौधरी पनि यही परीक्षाका लागि दाङ पुग्या खवर छ ।

मुर्दावाद र जिन्दावादको नारा, दिनरातको दलगत प्रशिक्षण अनि राजनीतिको छत्र छाँयाले मात्र खास राजनीति नचल्दो रै’छ भन्ने कुरो ढिलै भएपनि जनप्रतिनिधीले बुझेछन् धरहरालाई साह्रै अछ्छा लाग्या छ । अभिनेतृ करिष्मा मानन्धरले नेपाली सिने जगतमा छुट्टै करिष्मा रच्या छिन्, अमेरिकी ग्रीनकार्ड प्राप्त ग¥या छिन् ।

तर औपचारिक शिक्षाको प्यासले प्याक–प्याक बनाएसी २ वर्षयता उनी नियमित विद्यालय धाइरहेकी छिन् । यस्ता खवर सुनेसी ऊ बेला पढ्दा पढ्दै वीचमा स्कूल कलेज छोडेर काकी जोड्न मरिहत्ते गर्ने काका, भाउजु जोड्ने दाई, ज्वाईँ जोड्ने छोरी, फुपु, आन्टी, ठूलो बा, ठूलिआमालाई पनि राम्रै झड्का प¥या होला ।

अहिले आफू भन्दा धेरै जुनियरहरु धमाधम स्कूल, कलेज पढ्न थाल्या खवर सुनेसी पढाईमा अन्डर एसएसली तर राजनीतिका अब्बल खेलाडी हालत के होला ? जे होस अब्बल भनाउँदा खेलाडीले ‘यल्लो कार्ड’ त त्यसै पाइसके । अब तीनले ‘रेडकार्ड’ पनि नपाउलान् भन्न सकिन्न । रेडकार्डको सूचीमा रहेकाहरको मुखबाट नैतिक शिक्षा र स्कूल कलेजको औपचारिक शिक्षाबारेको पट्यार लाग्दो भाषण चाहिँ सुन्न नपरे हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्