ललितपुरका क्लबलाई आर्थिक सहयोग



ललितपुर, (नेस)
ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका ४ ‘ए’ डिभिजन फुटबल क्लबलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । महानगरको दोस्रो नगरसभाको निर्णय भएअनुसारको रकम लिन बाँकी रहेका ती क्लबलाई विहिबार उक्त मेयर चिरीबाबु महर्जनद्वारा रकमको चेक हस्तान्तरण गरिएको हो ।

जसमा फ्रेण्डस् क्लब, जावलाखेल युथ क्लब, च्यासल युवा क्लब र ब्रिगेड व्वाइज क्लब रहेका छन् । महानगरपालिकाले यस अघि जिल्लाभित्रका ए डिभिजन क्लब थ्री स्टार क्लबसहित बी र सी डिभिजनमा क्लबहरुलाई रकम प्रदान गरिसकेको छ ।

त्यसैगरी महानगरको दोस्रो नगरसभाले जिल्लामा रहेका ‘बी’ डिभिजन क्लबलाई वार्षिक रु ३ लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक रु २ लाख उपलब्ध गराउने निर्णय गरेको थियो । महानगरभित्रका ‘ए’ डिभिजन क्लबहरुले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगिता जीत हासिल गरेमा उपाधि पिच्छे रु चार लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत महानगरको दोस्रो नगरसभाबाट पारित भइसकेको छ ।

सोही अनुरुप गतवर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै थ्रीस्टारले रु २८ लाखआर्थिक सहयोग समेत यसअघि नै प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्