कोका–कोला मोःमोःउत्सवमा प्रियंका र आयुषद्वारा विभिन्न रेष्टुरेन्टको भ्रमण



काठमाडौं, (नेस)
कोका–कोला नेपालद्वारा वार्षिक उत्सव कोका–कोला मोःमोःउत्सवअन्तगर्तत चिसो कोका–कोलास“ग मःमको मज्जा लि“दै नया“ वर्षको शुरुवात गर्न सञ्चालन गरिएको हो ।

यो कोका–कोला मोःमोःउत्सवको चौथो वर्ष हो । जसको नारा कोक र मःमः पर्फेक्ट जोडी रहेको छ र उपत्यकालगायत देशभरका प्रमुख शहरका विभिन्न होटल तथा रेष्टुरेन्टमा सञ्चालन भइरहेको छ ।

प्रियंका र आयुषमान आफैंमा पर्फेक्ट जोडी हुन् । जो अर्को जोडी कोक र मःमःलाई पूर्ण गर्न विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा भ्रमण गरिरहेका छन् । प्रियंका कार्की र आयुषमान देशराज जोशीले काठमाडौंको डल्ले र पेपे पिज्जाका आउटलेटहरु भ्रमण गरेर विभिन्न परिकारका मःमः र कोका–कोलाको मज्जा लि“दै यो उत्सवको नयाँ तरङ पैदा गरेका छन् ।

प्रियंका र आयुषमानले गत सोमबार लबिम् मल, जावलाखेल र कमलादीको डल्ले रेष्टुरेन्ट र बालाजु, महाराजगञ्ज, अनामनगर, त्रिपुरेश्वरको पेपे पिज्जाका आउटलेट भ्रमण गर्दै कोका–कोला र मःम प्रेमी शुभचिन्तक र शुभेच्छुक र आउटलेट सञ्चालकसँग बसेर रमाइलो गरेका छन् ।

प्रियंका कार्कीले भनिन्–‘म कोका–कोला मोःमोःउत्सवमा विगत तीन वर्षदेखि लगातार सहभागी हु“दै आइरहेकी छु । यो मेरो लागि निश्चयनै सम्मानको कुरा हो । यस अभियानमार्फत मैले चिसो कोका–कोलाको साथ विभिन्न परिकारको स्वादिलो मःमको मज्जा लिन पाए“ ।

मलाई फ्यानहरुस“ग बसेर मःम र कोका–कोलाको मज्जा लिन अवसर जुराई दिएकोमा म कोका–कोला नेपाललाई आभार प्रकट गर्न चाहान्छु । ’

प्रतिक्रिया दिनुहोस्