एमएडब्लुले ल्यायो नयाँ स्कोडा कोडियाक ‘एलएन्डके’



काठमाडौं, (नेस)
नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता स्कोडा एमएडब्लुले भर्खरै स्कोडा कोडियाकको नया“ र सबैभन्दा माथिल्लो भेरियन्ट लरिन एन्ड क्लेमेन्ट (एलएन्डके) एडिसन सार्वजनिक गरेको छ । स्कोडाको पहिलो फुल साइज एसयुभीका रुपमा स्कोडा कोडियाक केही महिनाअघि नेपालमा आएको थियो।

‘एलएन्डके’ भेरियन्टमा रहेको अतुलनीय डिजाइन र अभूतपूर्व फिचरहरुले स्कोडा कोडियाकलाई अझै माथि पु¥याउने अपेक्षा स्कोडा एमएडब्लुले गरेको छ ।

कोडियाकको ‘लरेन एन्ड क्लेमेन्ट’ ब्याजले स्कोडाका संस्थापकहरुको सम्झना दिलाउ“छ जो सर्वोत्कृष्ट शिल्पी, क्रान्तिकारी प्राविधिक डिजाइन र ‘पर्सोनलाइजेसन’लाई प्राथमिकता दिनु हुन्थ्यो । स्कोडा कोडियाक ‘एलएन्डके’ पा“च वटा कलरः ‘लाभा ब्लु’, ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाइट’, ’म्याजिक ब्ल्याक’ र ‘अल न्यु म्याग्नेटिक ब्राउन’मा उपलब्ध हुनेछ । नेपालमा कोडियाक ‘एलएन्डके’ को मूल्य एक करोड ५८ लाख रुपिया“ तोकिएको छ ।

यसको फेसियामा विशेषखालको क्रोम ग्रिल रहेको छ र यसको स्वरुपलाई ‘आई ल्यास’ जस्तो देखिने एलईडी हेडलाइट र १८ (आर) त्रिनिटी एलोई ह्विलले विशेष बनाइदिएको छ ।

पछाडिको भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलइडी टेललाईटमा क्रिस्टलाइन इलेमेन्टहरु राखिएका छन् । पछाडिको बम्परमा रहेको क्रोम ट्रिमले ‘एक्जस्ट पाइप’ र ‘डिफ्युजर’ लाई छुट्याएको छ भने सिल्भर रुफ रेलले यसको प्रिमियमनेसलाई अझ बढाइदिएको छ ।

कोडियाकको सबैभन्दा विलासी भर्सन एलएन्डकमा धेरै फिचर छ । बडीको विभिन्न स्थानमा राखिएका चार वटावाइड एंगल क्यामेरामार्फत ३६० डिग्री सराउन्ड एरिया भ्यु देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्